शान्तिको फुटबलमा देवदह र पशुपति मा.वि. विजयी

प्रकाशित मिति:

तिलोत्तमा, असोज २६ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगिता अन्तरगत शुक्रबार भएका खेलमा देवदह मा.वि. र पशुपति मा. वि. बिजयी भएका छन् ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आजको पहिलो खेलमा देवदह मा.वि.ले पर्ल बोर्डिङ् स्कुललाई १–० ले हराउदैै अघिल्लो चरणको यात्रा तय गरेको हो । देवदहको जितका लागि शिव प्रसाद पौडेलले निर्णायक गोल गरेका हुन् ।
त्यस्तै दोस्रो खेलमा पशुपनि मा.वि.ले शान्ति नमुना मा.वि.को समुह सि लाई १–० ले हराएको छ । पशुपतिको जितमा बैकुण्ठ अधिकारीले गरेको गोल नै निर्णयक बन्न पुग्यो ।
आजको पहिलो खेलमा पर्ल स्कुलका कुनाल गुरुङ र दोस्रो खेलमा शान्ति नमुनाका रञ्जीत भण्डारी म्यान अफ द म्याच भई पुरस्कृत भएको क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तरगत भोली शनिबार बिहान ३ र दिउसो ५ खेल गरी ८ वटा खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा होराइजन जिविसले सिद्धार्थ बोर्डिङको सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा लिटल प्याराडाइज र स्कलर्स होम आमने सामने हुनेछन् भने तेस्रो खेलमा शान्ति नमुनाको समुह बिले जनभावना मा.वि.को सामना गर्नेछ ।
त्यस्तै दिउसो हुने पहिलो खेल शान्ति नमुना मा.वि. को समुह ए र केरवानी मा.वि.बिच हुनेछ । दोस्रो खेलमा अरनिको बोर्डिङ र शंकनगरनगर दुर्गादत्त मा.वि.ले प्रतिस्पर्धा गर्नेछन् भने तेस्रो खेलमा अक्सफोर्ड मा.वि.ले देवदह मा.वि.को सामना गर्नेछ ।
त्यस्तै चौथो खेल न्यू होराइजन बोर्डिङ र बुटवल पब्लिक बिच हुनेछ भने पाँचौ खेलमा न्यू इन्भाइरमेन्टले पशुपति मा.वि.को सामना गर्ने प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा २० समूहको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।