शान्ति नमुना र न्यू होराइजन फाइनलमा भिड्ने

प्रकाशित मिति:

तिलोत्तमा, असोज २९ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको शान्ति स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय सेभेन ए साइड फुटवल प्रतियोगिताको फाइनल खेल मंगलबार हुने भएको छ ।
आज भएको पहिलो सेमिफाइनलमा होराइजन जिविएसलाई २–० गोल अन्तरले हराउदै आयोजक शान्ति नमुनाको समूह बि फाइनलमा प्रवेश गरेको हो । शान्तिको जितका लागि सुरज थापाले दुवै गोल गरेका थिए । यस्तै अक्सफोर्ड मा.वि.लाई पेनाल्टीमा हराउदै न्यू होराइजन मा.वि. फाइनलमा प्रवेश गरेको प्रतियोगिताका संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीचको प्रतियोगितामा आज भएका खेलमा होराइजन जि.वि.एस.का विष्णु पल्ली र अक्सफोर्ड मा.वि.का सुरज पराजुली म्यान अफ दि म्याच भई पुरस्कृत भएको प्राविधिक संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।
मंगलबार ३ बजे तेस्रो स्थानका लागि होराइजन जि.वि.एस. र अक्सफोर्ड मा.वि. खेल्नेछन् भने ४ बजे हुने फाइनल खेलमा गत वर्षको विजेता शान्ति नमुना र गत वर्षको उपविजेता न्यू होराइजन आमने सामने हुने छन् ।
प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै बेष्ट मिड फिल्डर, बेष्ट डिफेन्डर, बेष्ट किपर, बेष्ट स्टाइकर , प्लेयर अफ दि टुर्नामेन्ट, सर्वाधिक गोलकर्ता र अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजक शान्ति स्पोर्टस क्लवका अध्यक्ष राजेन्द्र के.सी.ले बताउनुभयो ।