भुकम्प प्रभावितलाई सियारी गाउँपालिका अध्यक्ष घिमिरेले एक महिना बराबरको सुबिधा दिने

प्रकाशित मिति:

भैरहवा । रुपन्देहीको सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले भुकम्पका कारण बिपत्तीमा परेका नागरिकका लागि एक महिनाको सेवा सुबिधा दिने बताएका छन् । गाउँपालिकाको आईतवार बसेको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले विपत्तीमा परेकाहरुको राहत तथा उद्दारमा सहयोग पुगोस भन्ने भावनाले एक महिना बराबरको सेवा सुबिधा प्रदान गरेको बताए ।
शुत्रबार मध्य राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्र बिन्दु बनाएर आएको भुकम्पले ठुलो मात्रामा जनधनको क्षती पु¥याएको थियो ।

त्यस्तै कार्यपालिका सदस्य तथा गाउँसभा सदस्यहरुले पाँच दिनको सेवा सुबिधा बराबरको सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।अध्यक्ष घिमिरेले बिपत्तीमा परेका आम नागरिकलाई सहयोग गर्न स्वदेश तथा बिदेशमा रहेको सबै सियारीवासी नागरिकलाई आग्रह समेत गरेका छन् ।उनले सियारी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष खाता मार्फत भुकम्प पिडित परिवारलाई सहयोग गर्न आग्रह समेत गरेका छन् । गाउँपालिकाको एनआईसि एसिया बैकमा रहेको खाता नम्बर ०९३२०५००१४९४१०२५ मा सहयोग गर्न चाहेको रकम जम्म गरी मानविय सेवामा लाग्न गाउँपालिकाले आग्रह गरेको छ ।