बर्दघाट नगरपालिकाद्रारा गत आर्थिक बर्ष सम्पन्न भएका योजनाको बार्षिक समिक्षा

प्रकाशित मिति:

प्रकाश न्यौपाने

कार्तिक २२ गते
नवलपरासी । पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले आर्थिक बर्ष ०७९/०८० मा सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको  बार्षिक समिक्षा सम्पन्न गरेको छ । गत आर्थिक बर्षमा नगरमा संचालित योजना र कार्यक्रम समीक्षा  नगर आयोजना र बर्दघाट प्रेस क्लवको समन्वयमा सम्पन्न गरिएको छ ।


कार्यक्रम आफ्ना धारणा राख्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगरले अघि सारेका योजनाहरु क्रमिक रुपमा पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।”जनतामाझ थुप्रै प्रतिबद्धता गरेका थियौ त्यो हामिलाई स्मरण नै छ तर बिबिध कारणबस एकै चोटि बिकास सम्भव नहुदो रहेछ क्रमिक रुपमा सबै क्षेत्रलाई समेटेर सुधारेर लैजाने प्रयत्नमा छौ”श्रेष्ठले भन्नू भयो ।निर्वाचित भए लगत्तैको घोषणा अनुरुप उज्यालो नगर अभियानका लागि सबै वडामा १२ सय पोल बत्ती जडान गरिएको जानकारी दिदै बिगतमा बिधुत महसुलको ५९ लाखको ब्ययभार नगरले ब्यहोर्नु परेको उल्लेख गर्नु भयो ।यद्यपि उज्यालो नगर अभियानका लागि नगर आफै अग्रसर हुने उहाको भनाई छ।नगर भित्र रहेको चिसापानि अस्पतालमा बिषय विशेषज्ञ चिकित्सकहरु र आवस्यक उपकरणहरु खरिद गरी नागरिकलाई सहज र सरल रुपमा स्वास्थ्यको पहुचमा पुर्याउन आफुहरु प्रयत्नशिल रहेको जिकिर गर्नु भयो ।


उपप्रमुख रुद्र प्रकाश उपाध्यायले कर्मचारीलाई सहज रुपमा काम गर्ने बाताबरण रहनु पर्ने बताउदै जनप्रतिनिधि र कर्मचारी नागरिकका हितमा समन्वयात्मक रुपमा अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।नगरपालिकाले संचालन गरेको कृषी उपज केन्द्रमा भारतिय तरकारी आएको भन्ने बिषयमा भारतिय तरकारी नभै फरक जिल्ला बाट तरकारीहरु आयात भएको स्पष्ट पार्नुभएको थियो।नगरले सन्चालन गर्ने क्रियाकलापमा निजि क्षेत्र र संघ सस्थालाई समेत समेटेर लगिनु पर्नेमा उपाध्यायको जोड रहेको थियो । उपप्रमुख उपाध्यायले अघिल्लो आर्थिक बर्षमा नगरबाट भएका न्यायिक निरुपणमा बिषयमा समेत जानकारी दिनुभएको थियो ।


नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले संचालित योजनाहरु पारदर्शी रुपमा सम्पन्न गर्नु पर्ने मा जोड दिदै पटक पटक बजेट बिनियोजन भएर सुरु नभएर फ्रीज भएका योजनाहरुलाई समेत प्राथमिकताका साथ अघि बढाईएको बताउनुभयो ।


समिक्षा कार्यक्रममा दलगत प्रतिनिधित्व गर्दै नेपाली काङ्ग्रेस नगर सभापती दामोदर जिसि, नेकपा एमाले नगर कमिटी अध्यक्ष रबिन्द्र बिक्रम हमाल, माओबादी केन्द्रबाट कमल परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रायमाझी, जनमोर्चाका शेर बहादुर थापा, नगरबासी डिल्लीराम भट्टराई, हेमन्त न्यौपाने, अम्बिका खनाल, कमल थापालगायतले बोल्दै आम जनतासग प्रत्यक्ष सरोकार राख्ने बिषयबस्तुहरुका बारेमा योजना ल्याउन र नगर जनमैत्री हुन सुझाव दिनु भएको थियो ।कार्यक्रममा उपस्थित किसानहरुले कृषि क्षेत्रको समयमा मल,बिउबिजन र बिषादीको उपलब्धता नहुने गरेको गुनासो पोखेका थिए भने ।ठोस र समावेसी रुपमा उपलब्धिमुलक कृषि योजनाहरु ल्याउन आग्रह गरेका थिए।


नगरका शाखा प्रमुखहरुले गत आर्थिक बर्ष भएका योजना र कार्यक्रमहरुको उपलब्धिमुलक प्रतिबेदन प्रस्तुत गर्दै उठेको प्रश्न माथी थप प्रष्ट पार्नु भएको छ । समिक्षा कार्यक्रम विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, खानेपानी सस्था, निजि क्षेत्र गरी करिव १ सय ५० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।


कार्यक्रममा सभापति नगर प्रमुख शम्भुलाल श्रेष्ठको सभापतिको अघि बढेको कार्यक्रममा, नगर प्रवक्ता वडा नम्बर १४ का वडा अध्यक्ष सन्त बहादुर गाहाको स्वागत, संचालक योजना शाखामा कार्यरत अधिकृत कृष्ण थापा क्षेत्री संचालन रहेको थियो ।