अन्तर्राष्ट्रिय बा दिवसको अबसरमा पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता पश्चिम् नवलपरासीको प्रतापपुरमा सम्पन्न

प्रकाशित मिति:

रामु भुसाल , बर्दघाट मंसिर – पश्चिम नवलपरासीको प्रतापपुरमा अन्तर्राष्ट्रिय बाल दिवस २०२३ को अबसरमा पालिका स्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भयको छ। प्रतापपुर गाउँ पालिका स्तरीय बाल संजालको आयोजना ,इन्द्रेणी सामाजिक बिकास मंच युनाईटेड मिसन टु नेपाल द्वारा संचालित बाल अधिकार परियोजनाको सहयोगमा ूप्रत्येक बालबालिकाको लागि प्रत्येक अधिकारू ९ँइच् भ्ख्भ्च्थ् ऋज्क्ष्ीम्, भ्ख्भ्च्थ् च्क्ष्न्ज्त्० भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय बाल दिवस ( २०२३ को अबसरमा पालिका स्तरीय वक्तित्वकला प्रतियोगिता प्रतापपुर गाउपालिकाको सभा हलमा सम्पन्न भयको हो। बाल संजाल का अध्यक्ष विस्वा नन्द यादव को अध्यक्षता प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवको प्रमुख आतिथ्यतामा भयको प्रतियोगितामा प्रतापपुर ९ का वडा अध्यक्ष जय किसुन चौधरी,त्रिभुवन माबी का प्र अ नारद ठाकुर,गणेश मा बि का प्र अ दिलिप शर्मा,बाल अधिकार समिती सदस्य अदिती सिवाकोटी लगायतले मन्त्ब्य राख्नु भयेको थियो भने कार्यक्रमको उदेश्य माथी यु एम एन का प्रकाश राईले प्रकाश पार्नु भयको थियो।छोरी बचाउ,छोरी पढाउ,भन्ने बिषयमा भएको प्रतियोगितामा प्रतापपुर गाउँ पालिका भित्रका १५ आधारभुत तह र ७ माबी तहका बिध्यालयको सहभागिता रहेको थियो।

जस मध्य,मा बि तर्फ गणेश मा बि का छात्रा आकृती कुर्मी प्रथम, त्रिभुवन मा बि का छात्रा पुजा गुप्ता दुतिय,र आदर्स मा बि कि छात्रा निर्मला कुमारी चौधरी तृतीय हुनु भएको छ भने आधारभुत तह तर्फ ब्रम्हा बाबा मा बि का छात्रा नेत्र कुमारी चौधरी प्रथम , त्रिभुवन मा बि का छात्रा चन्द्र कला कोइरी दुतिय, र डम्बर बाहादुर मा बि का छात्र राज गुप्ता तृतीय हुनु भएको र बिजेता लाई ट्रफी,मेडल र स्टेसनरी प्रदान गरियको बाल अधिकार परियोजना सम्योजक बिणा चौधरीले जानकारी दिनु भयको छ।प्रतियोगिता को निर्णायक मन्डलमा सम्योजक इन्द्रेणी सामाजिक बिकास मन्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदी,र सदस्य हरुमा शिवपुर गढि मा बि का प्र अ अदम बाहादुर थापा र त्रिभुवन मा बि का शिक्षक हेम कुमारी चौधरी रहनु भयको थियो।संजालका सदस्य श्री धर बस्यालको स्वागत मन्त्ब्य रहेको कार्यक्रम को सन्चालन संजाल का उपाध्यक्ष अञ्जली भट्टराईले गर्नु भयेको थियो।प्रतापपुर गाउपालिकामा ३१ वटा सामुदायिक बिद्यालय रहेका छन।