नेपालको शिक्षामा हाम्रो साथ सहयोग हुने छः क्रिश हयूज

प्रकाशित मिति:

पहार ट्रष्ट नेपाल यू के का प्रतिनिधि एवम् यू के का नागरिक क्रिश हयूजले नेपालीहरुको शिक्षाको व्यवस्थापनको पक्षमा आफ्नो साथ सहयोग रहने र ग्रामिण क्षेत्रका बालबालिकाको शैक्षिक विकासमा आफूहरुले साथ सहयोग गर्ने कुरा बताउनु भयो ।बिहिबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.८ स्थित चण्डिका आधारभूत विद्यालयमा गल्याङ नगरपालिका वडा नं.८ को आर्थिक सहयोग र पहार ट्रष्ट नेपाल यूकेको व्यवस्थापनमा निर्माण गरिएको बाल विकास सिकाई व्यवस्थापन कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताउनु भयो ।उहाँले भन्नु भयो शिक्षाले मानिस, समाज र देश र विश्वलाई परिर्वतन गर्न सक्ने सामथ्य राख्ने भएकाले सबै भन्दा पहिले शिक्षामा आमूल परिर्वतनको खाचो रहेकोले हरेक देशले शिक्षामा लगानी गर्नु पर्ने कुरा बताउनु भयो ।यूकेमा नागरिक हयूजले शिक्षाले नै विश्व जनतलाई एक आपसमा जोड्ने काम गरेको स्मरण गराउदै विश्व बजारमा प्रतिस्प्रधा गर्न सक्ने शिक्षा आजका बालवालिकालाई बालमैत्री वातावरणमा सिकाउन आवश्यक भएको बताउनु भयो ।सोही अनुसार आफूहरुले सहयोग गरेको कुरा बताउनु भयो ।

नेपालका धेरै ठाउँमा आफूहरुले साथ सहयोग गरेको स्मरण गराउदै भोलिका दिनमा पनि आफ्नो र संस्थाको तर्फबाट सहयोग गर्ने प्रतिबन्धता व्यक्त गर्नु भयो ।कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.८ का वडाअध्यक्ष झिम बहादुर थापाले नेपाल र विदेशको शिक्षा नीति नै फरक रहेको बताउदै विदेशीहरुबाट शिक्षाको क्षेत्रमा केही नयाँ कुरा सिक्नु पर्ने बताउनु भयो ।कार्यक्रममा यूकेका नागरिक पल स्कार्टेन र अन्ना, गल्याङ नगरपालिका वडा नं.८का पूर्व अध्यक्ष भेक प्रसाद श्रेष्ठ, विद्यालयका पुर्व अध्यक्ष सुर्वण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्य टिकामाया गाहा मगर र कमल गाहा मगरले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।पहार ट्रष्ट नेपाल यू केको ७० प्रतिसत र गल्याङ नगरपालिका वडा नं. ८ को ३० प्रतिसत गरि ६ लाख ७५ हजारमा निर्माण गरिएको बाविकास सिकाई कक्षा एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण विश्वकमाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालयमा प्रअ विष्णु कुमारी श्रेष्ठले र कार्यक्रमको सञ्चालन शिक्षक टिकाराम अधिकारीले गर्नु भएको थियो ।