जिसन नवलपरासीको आयोजनामा सास्कृतिमय झलक

प्रकाशित मिति:

प्रकाश न्यौपाने
मसिर २२ गते


नवलपरासी । पश्चिम नवलपरासीमा रहेका निजि विद्यालयहरुको सस्था शैक्षिक एक्यवद्धता समुह (जिसन) नवलपरासीले सास्कृतिक नाचका झलकहरु प्रस्तुत गरीएको छ । जिसनमा आवद्ध रहेका विद्यालयहरु बीच अन्तर माध्यामिक विद्यालयहरु बीच सास्कृतिक झलक देखिने नाच र गान प्रतियोगिता नै आयोजना गरि शुक्रवार सम्पन्न गरिएको छ ।


विभिन्न जातजातीका भेषभुसामा सजिएर विद्यार्थीहरुले नेपाली लोपउन्मुख कला र सस्कृतीमा रमाएका छन । राउटे जातीको पोसाकमा सजिएर राउटे नाच, नेवार जातिको नेवारी नाच, लाखे नाच, डम्बरु नाच, सराया नाच, थारु जातीको भेषभुसामा सजिएर डन्डी नाच जस्ता नाचहरु प्रस्तुति गरेका छन ।


निजि विद्यालयले नेपाली भाषा र कला सस्कृतीको जगेर्ना गर्ने प्रमुख ध्येयका राखेर सास्कृतिक नाचको प्रतियोगिता गरिएको जिसन नवलपरासीका अध्यक्ष डम्बर बहादुर गुरुङले बताउनु भयो । जिसनले स्थापन देखि नै हाल सम्म नाच गान प्रतियोगिता गर्दै आएको बताउदै अध्यक्ष गुरुङ सस्कृतीको सम्मान र जगेर्ना गर्न ठुलो सहयोग पुग्ने बताउनु भयो ।


१२ विद्यालयका करिव १ सय १० जना विद्यार्थीहरुले टिम गत रुपैमा सहभागी रहेको अन्तर माध्यमिक विद्यालय स्तरीय नाच प्रतियोगितामा बिशुद्द नेपाली सस्कृतीलाई महत्व दिएको प्याब्सन नवलपरासीका सचीव यज्ञ प्रसाद न्यौपानेले बताउनु भयो । विद्यार्थि केन्द्रिय सिकाइ नाच र गानका मध्यमबाट पनि गर्ने सकिने बताउदै विभिन्न जात जातीयका भेषाभुषा र सस्कृति नाच मार्फत विद्यार्थीको सिकाइ बढ्ने न्यौपानेको भनाइ छ ।


बिगत देखी नै गर्दै आइरहेको नाच र गान प्रतियोगितालाई यस पटक सस्कृतिक जगेर्नामा जोड गरिएको कार्यक्रम संयोजक पदम बहादुर ठकुरीले बताउनु भयो ।

विद्यार्थीलाई पश्चिमेलि सस्कृती भन्दा पनि नेपाली लोप उन्मुख कला सस्कृती र भेषभुषाको सरक्षण गर्न सहयोग पुग्ने ठकुरीको भनाइ छ । अन्य नाचगानमा भन्दा कला सस्कृतीको नाचगानमा लागत बढीलाग्ने भएपनि जिसनले कला र सस्कृतिको जगेर्ना गर्ने कार्यक्रम गरिएको ठकुरीले बताउनु भयो ।



जिसन नवलपरासीमा आवद्ध विद्यालय बाट नाच गान प्रतियोगितामा करिव २ सय विद्यार्थी सहभागी रहेका छ्न ।