“सामुदायिक अस्पतालहरु सरकारले संचालन गर्नु पर्छ” – पुर्व स्वास्थ्य मन्त्री त्रिपाठी
प्रकाश न्यौपाने
मसिर २३ गते
नवलपरासी । जनता प्रगतिशिल पार्टीका अध्यक्ष एवं पुर्व स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सरकारले सामुदायिक अस्पतालहरुको पुर्ण स्वामित्व लिएर सञ्चालन गर्नु पर्ने बताउनु भयो ।
स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर समुदायको आवस्यकतामा संचालनमा आएका सामुदायिक अस्पताललाई प्रष्ट निति बनाएर सरकारी स्तरबाट संचालन गरिनु पर्ने बताउनु भयो । आफू स्वास्थ्य मन्त्री हुदा नागरिकले महसुस गर्ने गरि स्वास्थ्य क्षेत्रको नया आयमको रुपमा ट्रमा सेन्टरको परिकल्पना गरिएको बताउनु भयो । देशको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नु पर्ने अवस्था रहेको बताउदै स्वास्थ्य क्षेत्रको सुधार गर्ने योजना अनुरुप ट्रमा सेन्टरको अवधारणा बिकास गरिएको बताउनु भयो ।
प्रतिनिधि सभा सदस्य सरिता भुसालले जनताको पहिलो आवस्यक शिक्षा र स्वास्थ्य रहेको बताउदै उहाले सरकारले शिक्षा र स्वास्थ्यमा लगानी गर्न नसकेको बताउनु भयो । सामुदायिक स्तरबाट जनताले आफ्नो गास कटाएर लगानी गरेका सामुदायिक अस्पतालहरु के कसरी संचालन गर्ने र स्थापना भएका अस्पताललाई जोगाएर जनताको सेवामा के कसरी दीर्घकाल सम्म सञ्चालन गर्ने सकिन्छ भनेर रणनीतिक योजना बनाएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य बिस्वप्रेम पाठकले राज्यले सामुदायिक अस्पतालको संचालनमा प्रष्ट निति नभएको बताउनु भयो । उहाभन्नुहुन्छ -” राज्यसंग सामुदायिक अस्पताल के कसरी संचालन गर्ने प्रष्ट निति छैन, तेसैले देशका धेरै सामुदायिक अस्पतालहरु बेवासिरे बनेका छन ।” जिल्ला अस्पताल प्रदेशले जिम्मेवार लियो । स्थानीय स्तरका १५ सैयाका अस्पताललाई स्थानीय तहले लियो । तर यस्ता हाम्रो खालका अस्पताल कस्ले जिम्मेवार लिने कसरी संचालन गर्ने भनेर राज्यको निति प्रष्ट भएको छैन । त्यसैले अहिले सामुदायिक अस्पताल बन्द हुने अवस्थामा पुगेको पाठकको भनाइ छ ।
लुम्बिनी प्रदेशका निवर्तमान प्रदेश सदस्य एवम् नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी काम काजी टिम बनाएर सबै संग समन्वय गरि अस्पताल सञ्चालन गर्ने नया योजना बनाएर अगाडि बढ्नु पर्ने बताउनु भयो । बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले अब केहि समय भित्र नै ट्रमा सेन्टर बन्ने बताउनु भयो । नेपाल सरकारले तय गरेका मापदण्ड अनुसारको आवस्यक कागजात पेस गरिएको बताउदै नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरमा अब छिट्टै ट्रमा सेन्टर बन्ने बताउनु भयो ।
बर्दघाट उपप्रमुख रुद्रप्रकाश उपाध्यायले दक्ष मानव स्रोत व्यवस्थापनका लागि अस्पताल बिकास समिति र नगर बीच छलफल गरि अगाडि बढ्न सकिने बताउनु भयो । बर्दघाट नगर प्रवक्ता सन्त बहादुर गाहा, सस्थाका सल्लाहकार बृहस्पति अधिकारी, नेपाली काङ्ग्रेसका नगर सभापति दामोदर जि.सि, नेकपा एमालेका नगर अध्यक्ष रबिन्द्र बिक्रम हमाल, एकिकृत माओवादीका बर्दघाट नगर अध्यक्ष तेजेन्द्र बुर्जा मगरलगायतले बोल्नु भएको छ ।