गुरुङ समुदायको सस्कृती संरक्षणमा बर्दघाटको शित्तलबस्ती

प्रकाशित मिति:

पौष १५ गते

नवलपरासी । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १६ सित्तल बस्तिमा गुरुङ समुदायको महान पर्व तमु ल्होसार को अवसरमा आयोजना गरिएको कार्यक्रम उत्साहजनक सहभागीतामा सम्पन्न भएको छ ।


मुलत गुरुङ समुदायले आयोजना गर्ने यो कार्यक्रम हरेक बर्षहरुमा आयोजना गर्ने गरिन्छ ।समुदायको स्थानिय रहन सहन भेषभुसा झल्काएर यसको प्रवर्द्धनमा यहाको गुरुङ समुदाय सधै अग्रसर हुदै आईरहेको छ ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले हरेक बिकास निर्माण राजनीतिकरणले गति लिन नसकेको दावी गर्नु भयो ।पश्चिम् नवलपरासीका केही बिकासे आयोजनाहरु समेत राजनीतिक चलखेल बाट मुक्त हुन नसकेको स्मरण गर्दै सबै एक भएर अघि बढ्नु पर्ने उल्लेख गर्नु भयो ।


कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बिश्वाप्रेमपाठक,बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले सबै जातजाति र समुदायबिचको आपसी सद्भावनै धार्मिक सास्कृतिक र सामाजिक सहिष्णुता भएको बताउनु भयो ।सबै सस्कृती परम्पराहरुको आफ्नै महत्व रहेजो हुदा सबै समुदाय एक्यवद्ध हुनुपर्नेमा जोड रहेको थियो ।


बर्दघाट नगरपालिका वडा नम्बर १६ का अध्यक्ष सुक बहादुर गुरुङले बिकास निर्माणका हिसाबले यो क्षेत्र अझै पनि पछाडि रहेको बताउदै तिनै तहका निर्वाचित प्रतिनिधिले विशेष पहल गरिदिन अनुरोध गर्नु भएको थियो ।


ल्होसार विशेष कार्यक्रममा गायक रामजि खाड,भरत क्षेत्री,गायिका सम्झना लामिछने र हास्य कलाकार जोगिन्दर पानवाला (शिवसङ्कर रिजाल) ले दर्शकहरूलाई भरपुर मनोरञ्जन गराएका थिए।सस्कृती परम्परा र भावी पुस्तालाई समेत समुदायको ईतिहास जानकारी गराउनका निम्ति प्रत्येक बर्ष ल्होसार बिशेष कार्यक्रम गर्दै आईरहेको कार्यक्रम सम्योजक मङ्गक गुरुङले जानकारी दिनुभयो ।