लुम्बिनी प्रदेश पौडी संघ गठन, टेकबहादुर थापा अध्यक्ष

प्रकाशित मिति:

बुटवल – ” पौडी स्वास्थ्यका लागि ,खेलाडी रास्ट्रका लागि ” भन्ने मुल नारा सहित रास्ट्रीय खेलकुद परिषद अन्तरगत नेपाल पौडी संघ लुम्बिनी प्रदेश पौडी संघको कार्यसमिति गठन भएको छ। प्रारम्भिक भेलाका सयोजक टेकबहादुर थापाको अध्यक्षतामा सप्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जयप्रकाश भट्टराईले संघकाे नयाँ नेतृत्वले प्रदेसमा पौडिकाे चलाएमान हुने विस्वास ब्यक्त गरे । कार्यक्रमका बिशिस्ट अतिथि नेपाल स्विमिङ एसोसिएसन का अध्यक्ष एवम Asia swimming Federation का उपाध्यक्ष अशोक रत्न बज्राचार्यले कार्यक्रमको औचित्य माथी प्रष्ट पारेका थिए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले लुम्बिनी प्रदेशमा पौडिको सम्भावना र अवसरकोबारे चर्चा गर्दै छिट्टै रास्ट्रीय स्तरको पौडी प्रतियोगिता सम्पन्न गर्न प्रदेस खेलकुद परिषदको सहयोग अपरिहार्य रहेकाेमा जोड दिएका थिए। । कार्यक्रमले लुम्बिनी प्रदेश पौडी संघ कार्यसमिति गठन गरेको छ ।

जसको अध्यक्षमा टेकबहादुर थापा, उपाध्यक्षमा सन्जय थापा सचिबमा चुडामणी डुम्रे कोषाध्यक्षमा वासुदेव शर्मा ,सदस्यहरुमा डा. मीन प्रसाद खनाल, सुरेश लिगल, दिपक केसि, चन्दनारायण चौधरी , बुलबुल श्रेष्ठ , झरना थापा रहेका छन ।सोही कार्यक्रमले टेकबहादुर थापा र जय प्रकाश भट्टराईलाई केन्द्रिय प्रतिनिधि चयन गरेको छ। कार्यक्रममा बुटवल उपमहानगरपालिका वार्ड ५ का अध्यक्ष हरि श्रेष्ठ र ट्राफिक एक्स्पर्ट एडभाइजर एवम नेपाल पौडी संघ केन्द्रिय महासचिव जगतमान श्रेष्ठले नवनिर्वाचित पदाधिकारीलाई बधाई र सुभकामना दिएका थिए। टेक बहादुर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन चुडामणी डुम्रेले गरेका थिए।