कपिलवस्तु, २८ पुस । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि कपिलबस्तुमा बाणगंगानगर स्तरीय माघी महोत्सव हुने भएको छ ।
थारु कल्याणकारिणीसभा बाणगंगानगर कार्यसमितिको आयोजनामा माघ २, ३ र ४ गते शिवरात्री मेला स्थल हथौसमा पाँचौं बाणगंगा नगर स्तरीय माघी महोत्सव हुने थारु कल्याणकारिणीसभा बाणगंगानगर कार्य समितिका अध्यक्ष नाथुराम थारुले जनकारी दिनुभयो ।
त्यस्तै आज शनिबार आयोजित पत्रकार सम्मेलन कार्यक्रमका अध्यक्ष समेत रहुनु भएका थारुले यस बर्ष एस.ई.ई र १२ कक्षामा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताउँनुभयो ।
साथै माघी महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार कक्षा रहनेछन् । महोत्सवमा थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिनेछ ।
साथै महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने छन् भने महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति समेत रहने संस्कृतिक समितिका संयोजक ऋषिराम थारुले जानकरी दिनुभयो ।
त्यस्तै माघी पर्वको पूर्वसन्ध्यमा माघ २ गते बृहत रक्तदान कार्यक्रम गर्ने, त्यस्तै डेलवा दौड प्रतियोगित समेत राखेको थारु कल्यणकारिणी सभाका केन्द्रिय पार्षद उमाशंकर चौधरीले बताउँनुभयो ।
उहाँले थारु समुदायको महान् पर्व माघीलाई केवल नाचगानमा मात्र आफूहरु सिमित नरहने भन्दै पुराना लोपहुन लागेको थारु समुदायको कला, संस्कृतिलाई जगेर्न गर्दै अगाडी बढ्ने बताउँनुभयो ।
त्यस्तै पत्रकार सम्मेलनका प्रमुख अतिथि समेत रहनुभएका थारु कल्यणकारिणी सभाका केन्द्रिय सदस्य सुमित्रा थारुले थारु समुदायको कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नको लागि यस किसिमको महोत्सवले महत्वपूर्ण भुमिका खेलेको बताउँनुभयो । उहाँले माघी (खिचडी) थारु समुदायको समाजिक, आर्थिक, संस्कृतिक पाटो संग जोडिएकोले यसलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिनुभयो ।
उक्त पत्रकार सम्मेलन कार्यक्रम महोत्सव मुल आयोजक समितिका संयोजक नाथुराम थारुको अध्यक्षता, पत्रकार कमल चौधरीको स्वागत तथा माघी महोत्सव प्रचार–प्रसार समितिका संयोजक सरिता थारुको संचालन रहेको थियो ।