छहारी बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

प्रकाशित मिति:

पौष २८, नवलपरासीबर्दघाट -०४ मा रहेको छहारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार बर्दघाट ४, दिव्यनगरमा रहेको दिव्यनगर इको पार्कमा संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।


कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले बहुउद्देश्यीय सहकारी संस्थाले बचत तथा ऋणको कार्यको साथै उत्पादनशील क्षेत्रमा कार्य गर्नुपर्ने बताउनु भयो । स्थानीय, प्रदेश सरकार र संघिय सरकारले दिने अनुदानलाई ब्यवस्थित गरि उत्पादनका आधारमा दिनु पर्ने बताउदै उहाले बहुउद्देश्यीय सहकारीले उत्पादनमा जोड दिदै  उत्पादन बढाउनु पर्ने बताउनु भयो । सहकारीहरु सुशासनयुक्त र प्रविधि मैत्री हुन आवश्यक रहेको उहाको भनाइ छ ।


कार्यक्रममा बर्दघाट नगरपालिकाको निवर्तमान उप–प्रमुख मायादेबी पौडेलले सहकारीहरु निति बिधी र प्रबिधिमा रहेर शेयर सदस्यको मन जित्दै सञ्चालन हुनु पर्ने बताउनु भयो ।


बर्दघाट नगरपालिका वडा नम्बर  ९ का वडा सदस्य बालिन्द्र विक्रम शाहीले बर्तमान समयमा सहकारीहरुको बिस्वासमा कमी आएको बताउदै  शेयर सदस्यहरुलाई बिश्वासमा लिएर सहकारीले काम गर्नु पर्ने बताउनु भयो ।


शेयर सदस्यहरुको तर्फबाट शेयर सदस्य नेत्रलाल न्यौपाने, मोति प्रसाद चौधरी, नारायण भण्डारी लगायतले बोल्दै सहकारीले राम्रो क्षेत्रमा लगानी गरिरहेको र आगामी दिनमा पनि उत्पादनमा आधारित रहेर लगानी गर्दै सदस्य मुखी सेवा प्रदान गर्नुपर्ने धारणा राख्नु भयो ।


संस्थाका अध्यक्ष राजु पाण्डेले अध्यक्षको प्रतिवेदन पेश गर्दै आर्थिक वर्ष २०८०÷८१ म ३ सय जना शेयर सदस्य पुर्याउने, कृषकलाई लक्षित गरी तरकारी बजार सञ्चालन गर्ने, उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतामा राखि कर्जा प्रवाह गर्ने लगायतका प्रस्तावित कार्यक्रमहरु पेश गर्नुभएको थियो ।


कार्यक्रममा संस्थाको शेयर सदस्य वृद्धि सहयोग तर्फ मोति प्रसाद चौधरी, मासिक बचत तर्फ विन्दु मुडभरी, आवधिक बचततर्फ संगिता सुवेदी व्यवसाय कर्जा तर्फ विनोद पन्थ, हायर पर्चेज तर्फ केशवराज अधिकारी र सुनिल नेपालीलाई सम्मान गरिएको थियो । त्यस्तै, दैनिक व्यवसायीक कर्जा तर्फ नारायण भण्डारी र विष्णु खनाल, कलाधर भण्डारी र सावित्री भण्डारी, लक्ष्मण थारु र मिला कुमारी चौधरी, थानेश्वर भण्डारी र रेनुका भण्डारी र दिपक श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यस्तै दैनिक बचत तर्फ टिकाराम सुवेदी र अर्जुन कुमार रेग्मी क्षेत्रीलाई सम्मान गरिएको थियो ।


दोस्रो साधारणसभाले संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रेमलाल सापकोटालाई  निर्वाचित गराएको थियो ।


कार्यक्रममा संस्थाकी उपाध्यक्ष मिना कोइराला ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका सचिव प्रकाश न्यौपानेले कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष कल्पना पाण्डेले आर्थिक प्रतिबेदन र लेखा सुपरिवेक्षण समितिका सदस्य कृष्ण भण्डारीले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।


संस्थाका अध्यक्ष राजु पाण्डेको अध्यक्षता रहेको कार्यक्रमको संचालक सचिव प्रकाश न्यौपानेले गर्नु भएको थियो ।