बुटवल , माघ । श्री राम मन्दिर सेवा समिती बुटवल ६ रुपन्देहीको बैठक बसि माघ ८ गते शुक्ल द्वादशीको दिन अयोध्यामा निर्मित बिशाल राम मन्दिरको समुद्घाटन समारोहको अवसरमा राम मन्दिरका सेवा समितीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठकले कसौधन सेवा समिती एवम महिला समिती , राम मन्दिर पुजा समिती , विश्व हिन्दु महासंघ एवम विभिन्न धार्मिक संस्थाद्वार माघ ८ गते बिहान ९ बजे देखी ह्वमन , आरती , प्राण प्रतिष्ठा समारोह भजन कृतन , रामायण प्रवचन , श्रीराम जय राम जय राम बिजय मन्त्र १०८ पटक सामुहिक जप , रथ यात्रामा भगवान राम , सीता र हनुमानको रुप बनाएर बुटवलको अमरपथ, संगमपथ एवम बुटवल नगरीमा प्रदशन गर्ने निर्णय गरेको हो । साथै उक्त दिनको अवसरमा राम मन्दिरलाई मालाले सजावट गर्ने , रङरोहन गर्ने र परिसरमा सरसफाई गर्ने बताउनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले सनातन हिन्दुधर्लामीहरु र भगवान रामका भक्तहरुले ह्वमन , मन्त्र जप , हनुमान चालिसा पढ्ने , आरती गर्ने लगायतका धार्मिक कार्यमा सरिक रहन सकिने बताउनुभएको थियो ।
बैठकमा उपाध्यक्ष अरुण कुमार श्रेष्ठ , सचिव सरिता कसजु कोषाध्यक्ष लक्ष्मी कुमारी अमात्य सह सचिव सुर्यमान श्रेष्ठ , अनुपमान सैजु , रामेश्वर कसजु , कमला भट्टचन , चुडा बहादुर पोखरेल , राम बहादुर बजिमय , नारायणी पाण्डे लगायतका विभिन्न धार्मिक संस्था संग आवद्ध महानुभावको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन कार्यक्रम मुल आयोजक समितिका संयोजक एवम श्रीराम मन्दिर सेवा समितिका उपाध्यक्ष अरुन कुमार श्रेष्ठले गर्नुभएको थियो ।