होलि केयर इङ्गलिस सेकेन्डरी स्कुलले २९ औं वार्षिकोत्सव मनाउदै

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने

माघ ७, नवलपरासी,


पश्चिम नवलपरासीको बर्दघाट–५ पाल्डाडामा रहेको होलि केयर इङ्गलिस सेकेन्डरी स्कुल नवलपरासीको २९ औ वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार देखि विविध कार्यक्रम गरि मनाइदै छ ।


विद्यालय सञ्चालक समितिका अध्यक्ष लोक प्रसाद पाण्डेयको अध्यक्षता बर्दघाट नगर पालिका शिक्षा शाखा प्रमुख लोकराज पन्थिको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले सामुदायिक बिद्यालय र सस्थागत बिद्यालय बिच एक आपसमा बिरोधि भावना नराखी शिक्षाको लागि स्वच्छ प्रतिस्पर्धा गर्नु पर्ने बताउनु भएको छ । पन्थीले अबको शिक्षा निर्वाहमुखी नभई व्यवहारिक प्राविधिक र समयसापेक्ष हुनुपर्ने बताउँदै हालको विश्व बजारमा प्रतिष्पर्धा गर्न  र नेपालमै टिक्न सक्ने विद्यार्थी उत्पादन गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।


कार्यक्रममा जिसन नवलपरासीका सचिव यज्ञ प्रसाद न्यौपानेले  राज्यले अहिले सस्थागत बिद्यालय लाई फरक व्यवहार गरेको आरोप लगाउदै निजी विद्यालयले कुशल जनशक्ति उत्पादन गरेको जिकिर गर्नु भयो ।


२ दिन सम्म सन्चालन हुने सो दिवसमा अध्यनरत विद्यार्थी हरुको साङ्केतिक प्रस्तुती रहेको थियो भने विद्यालयको शैक्षिक लगायत अन्य गतिविधिमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।


विद्यालयका सहायक प्रधानाध्यापक तिर्थ प्रसाद सापकोटाको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लक्ष्मी गुरुङ र षणेन गुरुङले गर्नुभएको थियो ।


कार्यक्रममा सास्कृतिक प्रस्तुति र ५ वटा स्टलबाट विद्यार्थीहरुद्रारा नै फुड फेस्टिबलसमेत संचालन रहेको थियो ।

भोलि सोमबार अन्य विविध कार्यक्रम गरि दिवस सन्पन्न गरिने विद्यालयका  प्रधानाध्यापक इन्द्र गुरुङले जानकारी दिनु भयो ।