मणिमुकुन्द कलेजमा स्पोर्ट्स मिट शुरु

प्रकाशित मिति:

बुटवल,१० माघ । मणिमुकुन्द कलेज बुटवलमा स्पोर्टस् मिट शुरु भएको छ । स्पोर्टस् मिटको कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले उद्घाटन गरे । सो अवसरमा बोल्दै खेलकुदमा भाग लिने विद्यार्थीको विद्यार्थीको शारीरिक मात्र नभई मानसिक स्वास्थ्य पनि राम्रो हुने भएकाले हरेकको जीवनमा खेलकुद महत्वपूर्ण पक्ष भएको बताए ।विद्यार्थीमा रहेको खेल प्रतिभा प्रष्फुटन गराउंदै भविष्यमा कुशल खेलाडी उत्पादनका लागि कलेजले सकेसम्म धेरै विद्यार्थीलाई स्पोर्टस् मिटमा सहभागी गराउने उद्देश्य राख्ने गरेको बताए ।

कलेजले शैक्षिक गुणस्तर संगै खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै प्राथमिकता दिएको हुंदा हालै बुटवलमा हिसानले आयोजना गरेको जिल्लास्तरीय हाजिरीजवाफ र पुरुष भलिबलमा मणिमुकुन्दका विद्यार्थी प्रथम हुन सफल भएको जानकारी गराए ।

कलेजका सहप्राचार्य दिवाकर खनालले अनुशासनपूर्वक खेलेर आफ्नो क्षमता प्रदर्शन गर्न सुझाव दिंदै जित हार भन्दा पनि प्रतितयोगितामा सहभागिता जनाउदा पनि धेरै कुरा सिक्न सकिने बताए । कलेजका संयोजक पशुपति चौधरीले चार दिनसम्म चल्ने स्पोर्टस् मिटमा क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, चेस लगायतका खेलहरू खेलाइने जानकारी दिए ।