बुटवल , माघ । ‘व्यवसायिक एकता एकता हाम्रो प्रतिवद्धता,उत्पादन नयाँ सिर्जनशीलता आजको आवश्यकता’ भन्ने मुल नारसहित स्थापित संस्था नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बुटवल नगर समितिको छैटौं साधारणसभा तथा चौथो अधिवेशन सोमबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए । उनले परम्परागतरुपमा कुनै जाती विशेषले सुरुवात गरेको सिलाई पेशा अहिले सबै समुदायले व्यवसायको रुपमा सञ्चालन गरेको बताए । उनले परम्परागत पेशालाई आधुनिकीकरण गर्दै सीपलाई शिक्षासंग जोडेर अगाडि बढ्न आग्रह गरें । व्यवसायीको हकहितका लागि स्थानीय सरकारले जतिबेला पनि सहयोग गर्न तयार रहेको समेत बताए ।
त्यस्तैगरी नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष रामकुमार रणपालले बोल्दै सिलाई पेशा पछिल्लो समय धरासायी बनेकोले राज्यले व्यवसायीको हितमा काम नगरेको गुनासो गरें । उनले यो पेशाको संरक्षण र प्रबद्र्धन गर्न व्यवसायीहरु आफै लाग्ने बेला आएको बताए । त्यस्तैगरी कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी संघका केन्द्रीय मानार्थ सदस्य तथा परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीका कार्यबाहक अध्यक्ष तुलसी भण्डारी, बुटवल उपमहानगरपालिका वडा न. १८ का वडा अध्यक्ष गुरुप्रसाद पंगेनीलगायतले मन्तव्य राखेका थिए ।कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र यादवले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष राजेन्द्र यादवको अध्यक्षता, जिल्ला उपाध्यक्ष होमाया गुरुङको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन नगर सचिव अनुपमा श्रेष्ठले गरेकी थिईन् ।
चौथो अधिवेशनबाट आगामी कार्यकालका लागि पुनः राजेन्द्र प्रसाद यादवको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा विजेन्द्र रणपाल, महिला उपाध्यक्षमा अनुपमा श्रेष्ठ, उपाध्यक्षमा राज कुमार परियार, सचिवमा अनिल परियार, सहसचिवमा कपिल परियार, कोषाध्यक्षमा जीवन रणपाल र सहकोषाध्यक्षमा कल्पना थापा सर्वसम्मतरुपमा निर्वाचित भएका छन् । त्यस्तैैगरी कार्यसमिति सदस्यहरुमा गोविन्द सुनार, सीता थापा, सुशिल दिसा मगर, रामचन्द्र परियार, र सुकमाया चौधरी निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई प्रदेश सचिव सुवास परियारले सपथग्रहण गराएका छन् ।