एनआईसी एसिया बैंकबाट एक महिनामै निक्षेपकर्ताले निकाले १४ अर्ब,खराब कर्जा ९५ प्रतिशतले बढ्यो

प्रकाशित मिति:

काठमाडौं । एनआईसी एसिया बैंकबाट पछिल्लो एक महिनामै निक्षेपकर्ताले १४ अर्ब रुपैयाँ निक्षेप निकालेका छन्। नेपाल बैंकर्स संघले उपलब्ध गराएको निक्षेप विवरणअनुसार एनआईसी एसियाको पुसमा ३ खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ थियो। तर, माघमा भने ३ खर्ब ६७ अर्ब ६८ करोडमा खुम्चिएको छ।

वाणिज्य बैंक क्षेत्रको निक्षेप करिब १२ अर्ब रुपैयाँले बढ्दा एनआईसीको भने घटेको हो। बैंकहरुको माघमा ५४ खर्ब २९ अर्ब ६९ करोड रुपैयाँ निक्षेप थियो। तर, माघमा ५४ खर्ब ४१ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

एनआईसी एसियाप्रति फैलिएका विभिन्न किसिमका अफवाह, सर्वसाधारणले बैंकलाई हेर्ने दृष्टिकोण, सञ्चार माध्यममा आएका विभिन्न टीकाटिप्पणी र बैंककै कतिपय गतिविधिका कारण ग्राहकको बैंकप्रतिको मनोबल गिरेको असर निक्षेपमा परेको हो। खासगरी चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख भएका कतिपय विषयवस्तु, शाखा बन्द गर्न राष्ट्र बैंकमा दिएको निवेदन, नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेको राजीनामालगायत विषयमा बैंकबाट एकोहोरो रुपमा गरिएको भ्रामक खण्डनले पनि यसको छविलाई धुमिल्याउन मद्दत गरेको देखिन्छ।

व्यवसाय नभएपछि कम्तीमा ५० शाखा बन्द गर्न राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई भनेको छ। विभिन्न सूमह बनाएर आफ्नो पक्षमा एकोहोरो गरेको प्रचार–प्रसारले निक्षेपकर्ता थप दिगभ्रमित भई निक्षेप निकाल्न थालेपछि बैंकलाई अप्ठेरो अवस्था आएको हो।

चालू आवको सुरुदेखि नै निक्षेप बढ्दै आएको थियो। साउनमा ३११ अर्ब रहेकामा भदौमा ३४७ अर्ब निक्षेप पुगेको थियो। त्यसैगरी असोजमा ३६४ अर्ब पुग्दा कात्तिकमा ३७६ अर्ब भएको थियो। मंसिरमा ३८० हुँदा पुसमा ३८१ अर्ब पुगेको थियो।

७ महिने अवधिमा एनआईसी एसियाको पहिलो पटक ठूलो मात्रामा निक्षेप घटेको हो। अर्कोतिर एनआईसी एसियाले साउनसम्म २ खर्ब ६८ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेकामा माघमा आइपुग्दा २ खर्ब ९८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। जबकि पुसमा ऋण लगानी ३ खर्ब २ अर्ब ६६ करोड थियो। त्यसअघि असोजमा ३ खर्ब ३ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी भएकोमा कात्तिक र मंसिरमा घटेर ३ खर्ब १९ करोडमा सीमित भयो।एनआईसी एसिया बैंकको खराब कर्जा एनपीएल को ग्राफ उकालो लागेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको दर ९एनपीएल० ९५ प्रतिशतमाथिले बढ्न पुगेको तथ्या‌कले देखाएको छ ।

यो सगै बैकको ऋण असुली न्यायाधीकरणमा मुद्दाको चाङ लागेको छ ।

बैंकको खराब कर्जामा बृद्धी भएस‌गै असुलीका लागि मुद्दा हाल्नेक्रम पनि वढेको छ । यो अवधीमा आईसी एसिया बैंकले ऋण असुली न्यायाधिकरणमा ऋणीविरुद्ध ८३ वटा मुद्दा दर्ता गराएको छ । चालु आर्थिक वर्षको साउनय ता ८३ ऋणीबाट कूल ९९ करोड ८४ लाख ८१ हजार रुपैयाँ बराबरको बिगो असुल हुनुपर्ने दावी गरिएको छ ।

बैकले पटक पटक ऋण असुलीको ताकेता गरेर असफल भएपछि ऋण असुली न्यायाधीकरणमा जाने गरिन्छ ।

आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ९३ अर्ब बढी ऋण लगानी गरेको बैंकले ऋण उठाउन नसकेर ऋण असुली न्यायाधिकरणको सरणमा जानु आफैमा जोखिमपूर्ण अवस्था हो ।
बैंकसँग ३ अर्ब ४७ करोड ५० लाख रुपैयाँ माथिको नन् बैंकिङ्ग एसेटस् धितो रहेको छ । पटकपटक लिलामीमा जाँदा समेत जिन्सी धितो लिलामी गर्न नसकेको बैंकले खराब कर्जाको व्यवस्थापनकै लागि चालु आर्थिक वर्षमा ५ अर्ब ६२ करोड ९० लाख रुपैयाँमाथि लोन लस्ट प्रोभिजन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जाको दर ०.६१ प्रतिशतबाट एकैपटक बढेर १.१९ प्रतिशत पुगेको थियो । वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्म बैंकले ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गर्दै २ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ । तर सोमध्ये ३ अर्ब ४८ करोड रुपैयाँमाथिको लगानी खराब कर्जामा रूपान्तरण भएको छ । यही कारण बैंकको खुद नाफासँगै यता वितरणयोग्य नाफा समेत प्रभावित भएको छ ।

अघिल्लो वर्ष पुस मसान्तमा ३ अर्ब २७ करोड ३३ लाख खुद नाफा आर्जन गरेको बैंकले यो वर्ष कमजोर पर्फमेन्स प्रदर्शन गर्दै ४१.८४ प्रतिशतले नाफा गुमाउँदै जम्मा १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ मात्र कमाएको हो ।

खुद ब्याज आम्दानी, सञ्चालन मुनाफासँगै अन्य सबै जसो आम्दनीका स्रोतहरु गुमेको बैंकको प्रतिसेयर आम्दानी ईपीएस समेत नराम्रोसँग खुम्चिन पुगेको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेकोमा सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ५४.९२ प्रतिशतले घट्न पुगेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँले ऋणात्मक बन्न पुगेको छ ।