तिलोत्तमा क्रिकेट कप शुरु : उद्घाटन खेलमा वडा नम्बर १६ र वडानम्बर २ बिजयी

प्रकाशित मिति:

तिलोत्तमा- फाल्गुण । तिलोत्तमा नगरपालिकामा दोस्रो तिलोत्तमा कप क्रिकेट प्रतियोगिता २०८० सुरु भएको छ । नगरका युवा खेलाडीहरुलाई प्लेटफर्म दिने उद्देश्यका साथ क्रिकेट प्रतियोगिता सुरु भएको हो । तिलोत्तमा नगरपालिका तथा नवजिवन क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो । एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले प्रतियोगिताको उदघाटन गर्दै युवा खेलाडीहरुलाई खेलमार्फत एकताबद्ध र प्रोत्साहन गर्ने रुपमा खेल गतिविधिलाई अघि बढाएको बताए । नगरमा आयोजना हुने प्रतियोगिता खेलाडी उत्पादनको आधार भएको भन्दै उनले नगरमा पूर्वाधार विकास गर्दै खेलकुद गतिविधिमा जोड दिएको बताए । ‘खेलकुद विकासमा पालिकाबाट बजेट विनियोजन गर्दै आएका छौ’– उनले भने । तिलोत्तमामा अब खेलमैदानको निजिस्तरबाटै समेत निर्माण भैसकेको सन्दर्भमा तिलोत्तमा क्रिकेटको हव बन्नेमा नगर प्रमुख खाणले बिश्वास व्यक्त गरे।

कार्यक्रममा क्लबका अध्यक्ष केशव प्रसाद भुसालले नगरभित्र रहेका क्लब र संघहरुलाई जोड्दै दीर्घकालिन योजनाबद्धका साथ अघि बढ्नुपर्ने बताए ।खेलाडीको उत्पादनमा तिलोत्तमा सदैब अगाडी रहेको भन्दै तिलोत्तमाको शान क्रिकेटले पनि बढेको उनले बताए। खेलमैदानको उचित व्यवस्था गर्नुपर्ने भन्दै उनले पूर्वाधार सहितको मैदानमा क्रिकेट गतिविधिलाई जोड दिने रुपमा प्रतियोगिता गर्न लागेको बताए ।नवजिवन खेलमैदानमा भएको उदघाटन खेलमा वडा नं। १६ ले विजयी सुरुवात गरेको छ । वडा नं। ९ माथि २१ रनको जित निकाल्दै वडा नं।१६ विजयी भएको हो । वडा नं। ९ ले टस जितेर बलिङ्ग गर्ने निर्णय गरेपछि मैदान छिरेका वडा नं। १६ का ब्याट्सम्यानहरुले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय १७ रनको लक्ष्य खडा गरेका थिए । वडा नं। १६ का रामचन्द्र पाण्डेले १७ बलमा २६, स्वस्तिक पाण्डेले २० रनको योगदान दिएका थिए भने १६ नम्बर वडाका दामोदर बस्याल र निरज गौतमले ४र४ ओभरमा ३र३ विकेट लिएका थिए।मध्यम लक्ष्य पछ्याएको वडा नं। ९ का ब्याट्सम्यानहरु १६।५ ओभरमा ९६ रनमा समेटियो । खेलमा निशान्त शर्माले ३५ रन ल्याएका थिए। भने सत्यम पाण्डेले २० रन जोडेका थिए। आज भएको पहिलो खेलमा वडा नं। १६ का रामचन्द्र पाण्डे म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत भए ।

त्यस्तै आजै भएको दोस्रो खेलमा वडा नं। २ ले विजयी भएको छ । वडा नं। ११ माथि ३० रनको जित निकाल्दै वडा नं। २ विजयी भएको हो । वडा नं। २ ले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेपछि मैदान छिरेका वडा नं। २ का ब्याट्सम्यानहरुले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ३९ रनको लक्ष्य खडा गरेका थिए । वडा नं। २ का रुपेश बस्यालले २१ बलमा ३४, दिपक पाण्डेले २३ बलमा २८ रनको योगदान दिएका थिए भने एरिक केसी र प्रेम थापाले ४र४ ओभरमा २र२ विकेट लिएका थिए।खेलका वडा नं।२ एरिक केसी र प्रेम थापाले ४र४ ओभरमा समान २(२ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको वडा नं। ११ का ब्याट्सम्यानहरु १९।२ ओभरमा १०९ रनमा समेटियो । खेलमा सुजन खनालले ५५ रन ल्याएका थिए। खेलमा वडा नं। २ का रुपेश बस्याल म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत भए । तिलोत्तमा नगरका वडा नं १२ बाहेक वडास्तरमा १६ टिमहरु प्रतिस्पर्धा गर्ने छन । आइतबार वडा नं। ८ र ४ , वडा नं १५ र ७ का बीचमा खेल हुने छ ।आइतबार वडा नं। ८ र ४ , वडा नं १५ र ७ का बीचमा खेल हुने छ ।तिलोत्तमा ६ दश नम्बरस्थित नवजीवन क्लबको खेल मैदानमा २० ओभरमा खेलाइने प्रतियोगितामा तिलोत्तमाका १७ वडा मध्ये वडा नंं १२ वाहेक १६ वडाका टिमको सहभागिता रहने क्लबका अध्यक्ष केशव भुसालले बताए । प्रतियोगितामा प्रथम हुनेले ५० हजार,दोस्रोले २५ हजार,प्लेयर अफ द सिरिजले १० हजार तथा बेस्ट बलर र बेस्ट ब्याटस्म्यान ५ हजारका दरले पुरस्कार पाउने छन् । यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ट्रफी र इमर्जिङ प्लेयरलाई ट्रफी प्रदान गरिने उनले बताए ।