आज र भोलि लुम्बिनी केबलकार बन्द

प्रकाशित मिति:

बुटवल । नियमित मर्मत सम्भारका लागि लुम्बिनी केबलकार आज र भोलि (फागुन २२ र २३ गते) का लागि बन्द भएको छ । हरेक ४–४ महिनामा मर्मत सम्भार गर्नुपर्ने तालिका अनुसार मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई दिन केबलकार सञ्चालन नहुने कम्पनीका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।

‘यो नियमित मर्मत सम्भार तालिका अनुसार काम गर्नुपर्ने भएकाले दुई दिन सम्म सेवा बन्द हुने छ’–सैंजूले भने–‘केही समस्या भएर वा बिग्रेर नभई अष्ट्रियन कम्पनी डुपलमेयरको नियम अनुसार केबलकारलाई सधैं ठीक राख्न र सुरक्षित बनाउन तालिकामा तलमाथि नगरी मर्मत गर्ने गरेका छौं ।’

यो नियमित चलिरहने प्रकृया भएको दोहो(याउंदै कायस्थले २४ गते बिहान ९ बजेबाट सेवा पुर्ववतरुपमा सुचारु हुने जानकारी दिए ।
आईएमई ग्रुपको नेतृत्वमा सथानीय समेतको लगानीमा निर्माण भई गत वर्ष जेठ १५ गतेबाट सञ्चालनमा आएको लुम्बिनी केबलकार प्रदेशको पहिलो केवलकार हो ।