रामग्राम नगर प्रमुख यादवले मनोमानी गरेको वडा अध्यक्ष र कार्यपालिका सदस्यको आरोप
प्रकाशित मिति:
प्रकाश न्यौपाने
चैत ३०
नवलपरासी । रामग्राम नगरपालिकाको नगरप्रमुखको कार्यशैलीप्रति नगरपालिकाका बहुमत वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले असन्तुष्टी व्यक्त गरेका छन ।
उनीहरुले नगरप्रमुख धनपत यादवले मानोमानि तरिकाले काम कर्तव्य गरेकोभन्दै आज परासीमा पत्रकार सम्मेलन गरी आयोजना गरी असन्तुष्टी व्यक्त गरेका हुन । नगरप्रमुख यादवले बहुमत वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले कार्यपालिका बैठक माग गर्दा नगरप्रमुख सम्पर्कमा नआउने राती आएर शिक्षा समितीको रजिष्टरमा सही छाप गराउने पटक पटक सम्पर्क गर्दा बेवस्ता गर्ने नगरको सवाड्डीण बिकास प्रति जिम्मेवार नरहेको बस पार्क संचालन गर्न ठोस योजना नल्याएको बिकास निजी बिलासीता जिवनमा मदमस्त गरेको आरोप लगाएका छन ।नगरपालिका यस क्षेत्रमा रहेको उद्योगहरुको आई .आई ए रिर्पोटकोआधारमा कम्पनी संचालन नगरी मिलोमतो रही आर्थिक चलखेल गरी नगरबासीको स्वास्थ्य कृषि ध्यान नदिएको वडा न १५ वडाअध्यक्ष धनपत यादवले आरोप लागाए ।
नगरप्रमुख धनपत यादवले नगरको चौतर्फी बिकास प्रति गम्भीर नरही गैर जिम्मेवारी तवरले खोला नालको आई आई ए भएको लगभग ४ महिना देखी ५ महिना हुदाँ समेत खोलाको ठेक्का पट्टा गर्न तर्फ ध्यान नदिएको बिकास निमार्ण प्रति कुनै ठोस पहल गर्न नसकेको शिक्षा क्षेत्रमा फडको मार्न योजना नल्याएको र बेवस्ता गरेको बताए । उनले भने हामी बहुत सदस्यहरुले २०८० चैत १९ गते बहुमत सदस्यहरु निर्णय गरी बैठक बस्न अनुरोध गर्दा बैठक आब्हान नगर्ने र फोनसम्पर्क गर्दा नउठाउने जस्ता कार्य गरी बेवस्ता गर्ने कार्य गरेको बताए ।
नगरप्रमुख यादवले सरकारी सवारी साधन दुरुपयोग गर्ने र गर्न लागाउने कार्य नगरपालिकाको संचालनमा सहमति र सहकार्य नगर्ने कुनै पनि जिम्मेवारी प्रति जवाफदेही नरहेको वडाअध्यक्ष धनपत यादवले जनाए । नगरप्रमुख यादवले मनोमानी ढड्डले बिद्यलाय व्यवस्थापन समितीको अध्यक्षमा नियुक्ती गर्ने ,सरकारी सवारीसाधन नियमबिपरीत स्वकीय सचिव दिने कार्य गरेको १५का वडाअध्यक्ष यादवले बताए । नगरप्रमुख धनपत यादवले अनुगमन समीती पूर्णता नदिई भुक्तानी दिएको मानोमानी तरिकाले शिक्षकको तलब र सरुवा गर्ने वडाअध्यक्ष यादवको भनाई छ ।
अझैसम्म नगरपालिकामा जिन्सी समानको प्रतिबेदन निरीक्षण गरी समानको एकिन गर्न नसकेको ,बिद्यलाय व्यवस्थापन समितीको अभिभावक भेलामा असहमति हुदाँ समेत नगरप्रमुखको निर्देशनमा आसेपासलाई नगरशिक्षा समितीले अध्यक्ष चयन गरीएको र नगरपालिकाको घरभाडा लेखा समितीको निर्णय कार्यन्वयन नगरको योजना सम्झौता तथा सो को भुक्तानी तथा नगरसमितीबाट वडा अध्यक्ष र वडासदस्य फिर्ता गरीएको लगायत बहुमत सदस्यहरुद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा वडा अध्यक्ष र कार्यपालिका सदस्य गरी १७ जनाको रहेको छ ।
वडा ४वडा अध्यक्ष मदन यादव,वडा न ७ वडा अध्यक्ष रबिन्द्र यादव २ वडा अध्यक्ष निरज रौनियार,५ वडा अध्यक्ष रामबृक्ष यादव ,६ वडा अध्यक्ष बिद्यासगार त्रिपाठी,८ वडा अध्यक्ष महेन्द्र ठाकुर,१० वडा अध्यक्ष सुरेश यादव ११ वडा अध्यक्ष धनिराम यादव,१४ वडा अध्यक्ष ओमप्रकाश यादव १५ वडा अध्यक्ष धनपत यादव १८ वडा अध्यक्ष गोपाल डिस्वा मगर,१६ वडा अध्यक्ष बिजय यादव १७ वडा अध्यक्ष कन्हैया मौर्य र कार्यपालिका सदस्य बच्ची गौड सिमरती देबी कुर्मी ,भगोवती चौधरी, अमृत जिसीले हस्ताक्षर गरेका छन ।
थप समाचार
पर्यटन प्रवद्र्धनमा ध्यान दिनुपर्नेमा जोड
४ घण्टा अघि