उपभोक्ता सचेतना अभियान बर्दघाट हाटबजारमा

प्रकाशित मिति:

प्रकाश न्यौपाने
बैशाख २ गते

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटका हाट बजारहरुमा उपभोक्ता सचेतना अभियान संचालन भइरहेका छन ।

आइतबार बर्दघाट ९ भुताहाको बजारमा उपभोक्ता सचेतना अभियानलाई सम्बोधन गर्न नगर प्रमुख शम्भुलाल श्रेष्ठले उपभोक्ताले बस्तुको किनमेल गर्दा बस्तुको गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नु भयो । “बजारमा पाइने विभिन्न बस्तुहरुको खरिद गर्दा उत्पादन मिति, उपभोग गर्न मिल्ने मिति, मुल्य, तौल, उत्पादक, समिश्रण जस्ता कुराहरु ध्यानदिनु जरुरी रहेको छ ।” नगर प्रमुख श्रेष्ठले भन्नुभयो । उपभोक्तालाई नै सचेत बनाउने प्रमुख उद्देश्यले बर्दघाट नगरले उपभोक्ता हक हित सरक्षण मञ्चसंग सहकार्य गरेर अभियान अगाडि बढाएको श्रेष्ठको भनाइ छ ।

बर्दघाट नगरपालिका भित्र संचालनमा रहेका हाट बजारहरुमा बजार अनुगमन गरेको नगरले उपभोक्तामा बस्तुको किनमेल गर्दा सचेत कार्यक्रम जरुरी देखिएको बताउदै बर्दघाट नगर उपप्रमुख एब बजार अनुगमन समिती संयोजक रुद्र प्रकाश उपाध्यायले बजारमा सचेतना कार्यक्रम संचालन गरिएको बताउनु भयो । ” गुणस्तरहिन बस्तुको प्रयोगले स्वास्थ्यमा समस्या ल्याउन सक्ने जोखिम बढी हुने उल्लेख गर्दै उहाले उपभोक्ता सचेत नहुदा गुणस्तरहिन बस्तुको प्रयोग बढ्ने  र उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने बताउनु भयो ।

बजारहरुमा बिक्री हुने बस्तुमा उपभोक्ताले धेरै जानकारी राख्न सके उपभोग गर्ने मिल्ने खालको राम्रो बस्तु किन सहज हुन्छ । आफुले उपभोग गर्ने बस्तुको बारेमा पुर्ण जानकारी पाउने उपभोक्ताको अधिकार रहेको बताउदै बर्दघाट नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बताउनु भयो । उपभोक्ताले कस्तो बस्तु किन्ने कस्तो बस्तु नकिन्ने, कस्तो बस्तु खराब हो भनेर उपभोक्ता र बिक्रेताले छुट्याएर खरिद बिक्रीको कारोबार गर्नु पर्नेमा जोड दिनु भयो । ” निश्चित प्रतिशत नाफा खाने ब्यवसायी धर्म भएको उल्लेख गर्दै उहाले नाफा खाने हेतुले आफ्नो ब्यवसायीक धर्म बिर्सिनु हुदैन ।” खनालले भन्नुभयो ।
उपभोक्ता हक हित सरक्षण मञ्च बर्दघाटले नगरसंगको सहकार्यमा सुरु गरेको अभियानले उपभोक्ता नै सचेत हुन सके कार्यक्रमले सफलता पाउने मञ्चका अध्यक्ष हुमनाथ आचार्यले बताउनु भयो । बस्तु किनबेचको क्रममा क्रेता र बिक्रेताले सचेतना अपनाउन सके बस्तु र सेवा राम्रो पाउन सकिने  आचार्यले उल्लेख गर्नु भयो । उहाका अनुसार स्थानीय तहको समन्वयमा हाट बजारमा उपभोक्ता सचेतना मुलक कार्यक्रम नेपालमा नै पहिले पटक बर्दघाट नगरले संचालन भएको दाबी गर्नु भयो ।

आइतबार बर्दघाट ९ भुताहाको हाट बजारबाट सुरु गरिएको अभियान बर्दघाटका ५ वटा हाटबजारमा सञ्चालन हुने उपभोक्ता मञ्चका नगर सचिब कुस्माकर ढकालले बताउनु भयो । ढकालका अनुसार अब ५ गते चिसापानी बजार, ७ गते बर्दघाट बजार ८ गते  भटौलिया बजार र ९ गते कुकुरमार बजारमा सचेतना मुलक कार्यक्रम संचालन गरिने छ ।