शाइन रेसुंगा बैंकले ग-यो उजिरसिंहको पूर्ण कदको मूर्ति बनाउन लागत साझेदारी

प्रकाशित मिति:

बुटवल ।   पाल्पाको तिनाउ गाउँपालिका–२, नुवाकोटमा कर्णेल उजिर सिंह थापाको पूर्णकदको मूर्ति निर्माणमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लागत साझेदारी गरेको छ । १५ लाख रुपैयां लागतको मुर्ति बनाउन शाइन रेसुंगा डेभलपमेन्ट बैंक, बुटवल उपमहानगर र तिनाउ गाउंपालिकाले लागत साझेदारी योगदान गरेका हुन् भने गरुड दल गणले श्रमदान र व्यवस्थापनको काम गरेको हो ।

नेपाली सेनाले अंग्रेज फौजमाथि विजय हासिल गरेको ऐतिहासिक स्थल जितगढी किल्लासंग सम्बन्धित नुवाकोटमा पनि कर्णेल उजिर सिंह थापाको स्मृति ताजा राख्ने उद्देश्यले पूर्णकदको मूर्ति बनाइएको हो ।

सोमबार मुर्ति अनावरण कार्यक्रममा बोल्ने वक्ताहरुले बुटवलको जितगढी र पाल्पाको नुवाकोटलाई जोडेर सामरिक र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ,गरुड दल गणका गणपति प्रमुख सेनानी दिपेन्द्र न्यौपाने लगायतले आफ्नो धारणा राखेका थिए ।
यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ऐतिहासिक,धार्मिक,सांस्कृतिक क्षेत्रसंगै वातावरण संरक्षण, वित्तीय साक्षरता र सामाजिक क्षेत्रहरुमा अग्रणी भूमिकामा रहेर सक्दो योगदान गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप नुवाकोटमा उजिरसिंहको मुर्ति निर्माणमा पनि आर्थिक योगदान गरेको बताए ।