स्याङ्जा सहयोग समाज पोर्चुगलमा नयाँ नेतृत्व- अध्यक्षमा अर्याल, महासचिवमा सुबेदी
भरत प्रधान- लिस्बन, १० बैशाख । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले बिपिन अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।आईतबार राजधानी लिस्बनमा सम्पन्न भएको अधिबेशनले आगामी दुई बर्षे कार्यकालका लागि अर्यालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।जसको उपाध्यक्षमा बिशाल पराजुली, तुल बहादुर गुरुङ, गणेश गैरे र क्षितिज गौचन चयन हुनुभएको छ । भने समाजको महासचिवमा ऋषि सुबेदीलाई चयन गरिएको छ । अधिबेशनले सचिवमा मणि सुबेदी र शेर बहादुर गुरुङलाई सर्वसम्मा निर्वाचित गरेको छ । यस्तै कोषाध्यक्षमा दिक्षा पौडेल र सहकोषाध्यक्षमा पुरन बहादुर कुँवरलाई चयन गरिएको छ ।
समाजको सदस्यहरुमा टाप बहादुर राना, भरत थापा, अनमोल केसी, खगेन्द्र भण्डारी, खेमराज न्यौपाने, राजेश पंगेनी, शान्ता थापा, सन्ध्या आचार्य, मिना गुरुङ, प्रनिता अर्याल, अन्जु गहतराज, रबिन थापा मगर, एकेन्द्र गुरुङ, सुवास सुबेदी, गोबिन्द शाही, रमेश जिटी, दुर्गा थापा, नरेश पाठक, चन्द्रमान केसी, फत्त बहादुर गुरुङ र लक्ष्मण पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।समाजका अध्यक्ष अर्जुन अर्यालको अध्यक्षता तथा गैर आवासीय नेपाली संघ पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण बहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्का, एनआरएनए आइसिसी सदस्य राजकुमार थापा, स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिका सचिव एमपी अर्याल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थि