शिक्षक संघद्वारा शिक्षकहरुलाई अभिमुखिकरण

प्रकाशित मिति:

तिलोत्तमा, वैशाख १५ । नेपाल शिक्षक संघ तिलोत्तमा नगर कार्य समितिले शिक्षकहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । कार्य सम्पादन मूल्याङ्कन फारम तथा कार्यमूलक अनुसन्धान सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा शाखा अधिकृतहरु धनिश्वर पन्थी र झविलाल बि.क. ले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा ९० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
संघका नगर अध्यक्ष प्रचण्ड जि.सी.को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघ लुम्बिनीका अध्यक्ष कुलप्रसाद लामिछाने, शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुप कुमार रायमाझी, शिक्षक महासंघका रुपन्देही अध्यक्ष लिलाधर न्यौपाने, नेपाल ट्रेड युनियन काङ्गे्रस लुम्बिनीका महासचिव हिम बहादुर के.सी., शिक्षक महासंघका तिलोत्तमा अध्यक्ष मृगेन्द्र रिजाल लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा संघका नगर उपाध्यक्ष अमर डि. सी.ले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव दिनेश खड्काले गर्नुभएको थियो ।
यसैबिच, नेपाल शिक्षक संघको स्थापना दिवसको अवसर पारेर तिलोत्तमा कार्य समितिले यही वैशाख २९ गते सांगीतिक कार्यक्रम गर्ने भएको छ । शिक्षक कल्याणकारी कोष अभिवृद्धि गर्ने उद्धेश्यका साथ कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रममा वरिष्ट कलाकार नारायण रायमाझीको विशेष प्रस्तुती रहने छ भने अन्य कलाकारहरुको समेत सांगीतिक प्रस्तुती रहने छ ।