वैशाख १९ गते
नेपाली काङ्ग्रेस पश्चिम् नवलपरासीका जिल्ला सदस्य प्रेम कामुले पछिल्लो समय सञ्चार जगतको खरो रुपमा बिरोध गर्दै आईरहेका छन । सञ्चार माध्यमलाई मात्रै होईन आम पत्रकारीता लाई नै लाल्छना लगाउदै आईरहेका छ्न ।शत्ता र शक्तिको आडमा जिल्ला सदस्य कामु यतिबेला पत्रकार प्रती बेलगाम घोडा जस्तै बनेका छन ।
पछिल्लो समय प्रतिनिधी सभा सदस्य बिनोद चौधरीको निकट मानिने कामु खुलेयाम रुपमा आलोचक मात्र होइन पत्रकारको सातो खान खोज्ने हैकमबादी प्रवृत्ती उनमा देखिन थालेको छ । सामान्य आलोचना समेत सहन नसक्ने कामु पदिय हैसियत नै बिर्सेर तल्लो तहमा झरेर अरुलाई दोषारोपण गर्न पछि परेका छैनन । जुन कुरा उनले सामाजिक सन्जालमा व्यक्त गर्ने अभिव्यक्ति बाट प्रष्ट देखिन्छ ।
उनको अहिलेको दिनचर्या नै आलोचक हरुको खेदो खन्ने र घुमाउरो शैलिमा पत्रकारहरुलाई धम्क्याउने, मिडिया प्रती खनिने जस्तै बनेको छ ।मानौ उनी साईबर सेना जस्तै कसैको बचाउमा लागिरहेका छ्न । उनका पछिल्ला अभिव्यक्तिहरुलाई केही राजनीतिकर्मी र पत्रकारहरुले समेत सामान्य आलोचना सहन नसक्नेले राजनीति गर्न नहुने तर्क गर्छ्न ।
उनले अन्य ब्यक्तिहरुले व्यक्त गरेको निजि बिचारमा समेत पत्रकारलाई नै दोष लगाउदै कमेन्ट गरेका छन र केही समयपछि नै ईडिट गरेर पत्रकार भन्ने शब्द हटाएका छ्न ।प्रतिनिधि सभा सदस्य बिनोद चौधरीको आलोचना गर्नेको उनले चर्को बिरोध गर्न थालेका छन । यद्यपि उनले पत्रकालाई समेत धम्काउन पछि पर्दैनन । उसो त प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले भने कसैलाई दोषारोपण नगरिरहदा उनका निकट केहि ब्यक्तिले भने आलोचनात्मक चेत लाई समेत बिरोध बुझिरहेको केहिको बुझाई छ ।
कामु स्वार्थ अनुकुल गुट परिवर्तन गरिरहने र सधै पद र प्रतिष्ठामा बस्ने रुचाउने ब्यक्ति भएको उनलाई चिन्नेहरुनै बताउँछन ।नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा बिक्रम खनाल टिम बाट जिल्ला सदस्य बनेका कामु निर्वाचन ताका गुट परिवर्तन गरेका थिए । हरेक मन्चहरुमा अरुलाई राजनीतिक सस्कार सिकाउन पछि नपर्ने कामु आफ्नो कमिकमजोरीलाई भने देख्ने गरेका छैनन ।
लोकतन्त्रमा स्वस्थ्य आलोचना गर्न पाईन्छ,हरेक सामाजिक र राजनीतिक ब्यक्तिहरुका आलोचक हुनु स्वभाविक हो ।तर नेपालि काङ्ग्रेसक बेलगाम घोडा जस्तै कामु यति बेला स्वार्थमा प्रहार हुने डरले आम मिडिया र पत्रकारमाथी नै जाईलाग्ने गरेकोमा पत्रकारहरुले आपत्ती जनाउदै आईरहेका छन । आम मिडिया कर्मी र पत्रकार हरु समेत पर्ख र हेरमा रहि कानुनी बाटोमा जाने सोचाईम समेत रहेका छ्न।