अर्घाखाँचीमा जिल्लाको सन्धिखर्क नगरपालिका र पाल्पा जिल्लाको रिब्दिकोट गाउपालिकामा कपडा बैंक सञ्चालन हुने भएको छ। सन्धिखर्क नगरपालिका तथा रिब्दिकोट गाउपालिका, पाल्पा र क्लोथ एण्ड फूड बैंक नेपाल आज कपडा बैंक सञ्चालन गर्ने संझौता भएको हो । क्लोथ एन्ड फुड बैंक नेपालको र सन्धिखर्क नगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ र उप प्रमुख मिश्रा आचार्यले बताउनु भयो । यसै गरि रिब्दीकोट गाउँपालीका अध्यक्ष नारायण बहादुर कार्की र उपाध्यक्ष कान्ता अधिकारी ले यो कार्यक्रमले समग्र नेपालको हित अनुरुप कार्य गर्ने र जसले गर्दा टोल समुदायको बातावरण पनि सफा हुने प्रयोगमा नआएका कपडा पुन प्रयोग पनि यो अभियानमा जोडिन पाउदा खुसि व्यक्त गर्नु भयो । सोहि पालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले आफुले कोरियामा देखेको पोखरेलले र हाल नेपाल मा पनि सुरुवात भएकोले यो कार्यमा सबैलाई सहयोगको लागि समेत अनुरोध गर्नु भयो ।
पछिल्लो समयमा कपडा बैंकले विभिन्न पालिकाको अनुरोधमा र सिफारिसमा आगोलागीबाट पिडित ६६३ घर धुरी परिवारलाई कपडा प्रदान गर्दै गर्दा साच्चिकै पुण्यको कार्य भैरहेकोमा यो कार्यक्रमका अभिभावक महानायक राजेश हमालले सम्पूर्ण पालिकाहरुलाई धन्यवाद समेत दिनु भयो । नगरपालिकाको उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरुलाइ पुन प्रशोधन रि- साइकल गरि आवश्यकताका आधारमा वितरण गरिने कुरा यस कार्यक्रम का अध्यक्ष कमल जी सी ले बताउनु भयो ।जि।सीले देशभरका स्थानीय सरकार तथा विभिन्न संघ(संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गरे । उनले भने देशभर हाल १५ वटा कपडा बैंक संचालन गर्दा ६६३ घरधुरीलाई ३र३ जोर का हिसाबले लत्ता कपडा निशुल्क प्रदान गर्न सफल क्लोथ बैकले भबिस्यमा हरेक घर घर मा पुगेर कपडा वितरण गर्ने क्लोथ बैकको सपना रहेको छ । मानवीय सेवाभावले स्थापना गरिएको कपडा बैंकका शोरुममा गएर कुनै पनि प्रसार नहुने गरि आबेदन फारम भरेर अधिकत्तम सेवा लिन समेत उहाले आग्रह गर्नुभयो । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाइ कपडा मुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० स्थानिय सरकार यो अभियानमा जोडिदै गर्दा सन्धिखर्क नगरपालिका र रिप्दिकोट गाउपालिकालाइ पनि धन्यवाद दिनुभयो ।