भोकालाई एक छाक भोजन होइन ,जीवन जीउने जुक्ति सिकाअौू भन्ने मुल अभियान सहित आर्थिक समृद्धि को लागि साझेदारी कार्यक्रम गल्याङ नगरपालिका को आयोजनामा गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना अन्तरगत गल्याङ नगरपालिका को आर्थिक र हेफर प्रोजेक्ट नेपाल को प्राविधिक सहयोगमा सञ्चालित समुह सदश्यहरुको लागि बीउ बाख्रार बोकारबंगुर उपहार वितरण कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा २०० वटा बीउ बाख्रा र ५६ वटा बीउ बोका गरि जम्मा २५६ बटा बाख्रा वितरण गरिएको छ।
गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराई का अनुसार विपन्न घरपरिवार लाई आर्थिक अवस्थामा समृद्ध गराउने,महिला हरु लाई शसक्तिकरण गर्ने,कृषि र पशु उपजलाई बजारीकरण गर्ने साथै युवा उधमीहरुको विकास गर्ने र स्थानीय उत्पादनहरु लाई बजारीकरण गर्ने उद्देश्य का साथ गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना गल्याङ नगरपालिका का ११ वटै वडाहरुमा सञ्चालन गरिएको बताउनुभयो ।उक्त परियोजना मा गल्याङ नगरपालिका भित्र का विभिन्न वडाहरुमा गरि जम्मा महिला समूह ४४ र युवा समूह ६ गरि १४०० महिलाहरु को सहभागी रहेका नगरप्रमुख भट्टराईले जानकारी गराउनुभयो।