नवलपरासीमा खानेपानी डिभिजन कार्यालय पुर्नस्थापनाकाे माग

प्रकाशित मिति:

प्रकाश न्यौपाने
वैशाख २६ गते
नवलपरासी । पश्चिम नवलपरासीमा जिल्ला खानेपानी महासंघले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको पुर्नस्थापनाको माग गरेको छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नवलपरासीका अध्यक्ष देबिदत्त सापकोटाको नेतृत्वमा रहेको टोलिले लुम्बिनी प्रदेशका खानेपानी मन्त्री भुमिश्वर ढकाललाई ज्ञापन पत्र बुझाएको छ ।

२०४५ साल देखी जिल्लामा रहेको डिभिजन कार्यालयले काम गर्दै आइरहेकोमा २०७५ साल देखी जिल्ला कार्यालयको सेवा बन्द भएको छ । जिल्लाको कार्यालय बन्द भए पछि बुटवल योगिकुटीमा रहेको डिभिजनबाट नवलपरासीका खानेपानी सस्थालाई हेर्दै आइरहेको छ । सासाना कामका लागि पनि रुपन्देही र दाङ धाउन पर्ने बध्याता रहेको बताउदै जिल्ला अध्यक्ष सापकोटाले खानेपानी डिभिजन कार्यालय जिल्लामा आवश्यक रहेको बताउनु भयो । ” अहिले प्रदेश सरकार मातहत खानेपानी आएको सासाना कार्य र योजनाका लागि रुपन्देही वा दाङ (मन्त्रालय) धाउनु परिरहेको छ जसले गर्दा जिल्लामा सञ्चालित खानेपानी तथा सरसफाइका कार्यक्रमहरु पुर्ण रुपमा प्रभावित भएका छ्न ।” अध्यक्ष सापकोटाले भन्नुभयो ।

डिभिजन कार्यालय जिल्लामा नहुदा जिल्लामा भरिका करिव ८५ वटा सम्पन्न आयोजनाहरु सेवा बिहिन भएको सापकोटाको भनाइ छ । हाल जिल्ला बाट सञ्चालित खानेपानी सरसफाइ उपभोक्ता सस्थाहरुबाट २८ हजार घरपरिवारले पानी पिउनु भएको छ ।