शिक्षक संघको स्थापनामा अन्तरकृया र दिप प्रज्ज्वलन

प्रकाशित मिति:

प्रकाश न्यौपाने
वैशाख ३० गते
नवलपरासी । पश्चिम नवलपरासीमा नेपाल शिक्षक संघको स्थापनामा नेपाल शिक्षक संघ नवलपरासीले अन्तरकृया र दिप प्रज्ज्वलन गरेर मनाएको छ ।

नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसका अवसरमा जिल्लाले गुणस्तरीय शिक्षा सम्बन्धि अन्तरकृया गर्दै नवलपरासीका सातैवटा स्थानीय तहहरुमा गरिएका असल अभ्यासहरुको आदनप्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघका निवर्तमान केन्द्रीय सदस्य नेत्रलाल न्यौपाने नेपालमा प्रजातन्त्र आएपछि शैक्षिक बिकासका लागी शिक्षकहरुको आवज बुलन्द गराउन संघको स्थापना भएको बताउनु भयो । ” संघको स्थापना नै शैक्षिक गुणस्तरका लागि भएको हो । देशको शैक्षिक निति र नितिको कार्यन्वयनका लागी संघको महत्त्वपूर्ण भुमिका छ ।”

संघका लुम्बिनी प्रदेशकि उपाध्यक्ष सिता शर्माले प्रबिधीयुक्त शिक्षा जरुरी रहेको बताउनु भयो । ” शिक्षकहरु प्रबिधिमा दक्ष भइ कक्षा शिक्षण गर्दा गुणस्तरीय शिक्षा हासिल गर्न सहज हुन्छ ।” शर्माले भन्नुभयो ।

संघका प्रतापपुरका अध्यक्ष खिरिनारायण चौधरी, रामग्राम का अध्यक्ष दयानन्द चौधरी, जनता मा.बिका प्राध्यानाध्यापक राम प्रसाद पौडेल, सहसचिव अर्जुन प्रसाद पाण्डे, सचिब इन्द्र बहादुर चौधरी, अर्थ सचीव कुन्ज विहारी चौधरी, चेतनाथ पौडेल, पशुपति चौधरीलगायतले आफ्नो धारण राख्दै गुणस्तरिय शिक्षाका लागी प्रबिधि उच्चत्तम सदुपयोग, अभिभावकलाई जनचेतना जगाउन, शैक्षिक वातावरणको सृजना गर्ने लगायतका बिषयबस्तुहरुको आदानप्रदान गर्नु भयो ।

संघका अध्यक्ष भोजराज चापागाईंले शिक्षक संघमा आवद्ध शिक्षकहरु गुणस्तरीय शिक्षाका लागी नया नंया रणनीतिहरु लिइने बताउनु भयो । “हाम्रो विद्यालय, हाम्रो पहिचान भन्ने नारालाई अभियानको रुपमा विद्यालयहरुमा जाने तयारीमा छौं । अब हामीले नवलपरासीका उत्कृष्ट विद्यालय छनोट गरि सम्मान गर्ने छौं ।- चापागाईंले भन्नु भयो ।

३५ औं स्थापना दिवसको अवसरमा ३५ वटा नै दिप प्रज्ज्वलन समेत गरिएको छ । कार्यक्रम संघका अध्यक्ष भोजराज चापागाईंको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब इन्द्र बहादुर चौधरीले गर्नु भएको थियो ।