शिक्षक संघ नवलपरासी र रामनगर अस्पताल बीच सम्झौता, शिक्षकको उपचारमा बिशेष छुट दिने
प्रकाश न्यौपाने
जेष्ठ ५ गते
नवलपरासी । नेपाल शिक्षक संघ नवलपरासी र रामनगर सामुदायिक अस्पताल बिच शिक्षकलाई सहुलियतमा उपचार गर्ने बिषयमा सम्झौता भएको छ ।
नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसका अवसरमा आज एक कार्यक्रमका बीच संघका जिल्ला अध्यक्ष भोजराज चापागाईं र अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष देवराज भण्डारीले सयुक्त रुपमा शिक्षक सहुलियत स्वास्थ्य सेवा सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।
पन्ध्र शैयाको रामनगर सामुदायिक अस्पतालले शिक्षकको उपचारका लागी बेड चार्जमा २० प्रतिशत छुट, प्रसुडिअलमा १५ प्रतिशत छुट, ओ.पि.डि. र चेक अफ १० प्रतिशत र मेडिसिनमा ५ प्रतिशत छुट दिने गरि सम्झौता गरिएको अस्पतालका अध्यक्ष देवराज भण्डारीले उल्लेख गर्ने भयो । ” शिक्षक संघका साथीहरुको काड र सिफारिसका आधारमा शिक्षकहरुलाई सहुलियत स्वास्थ्य सेवा प्रदान गरिने छ ।” भण्डारीले भन्नुभयो
शिक्षक संघ शिक्षकहरुका हरेक समस्यको समाधानमा अग्रसरता रहेको बताउदै अध्यक्ष चापागाईंले शिक्षक बिरामी परेमा घर परिवार र विद्यालयसंगै सिङ्गो समाजमा नकारात्मक प्रभाव पर्ने उल्लेख गर्नु भयो । ” शिक्षकहरुको स्वास्थ्य उपचारमा केही सहुलियत होस भनेर अहिले रामनगर अस्पतालसङ्ग सम्झौता गरिएको छ । आगामी दिनमा अन्य ठुला ठुला अस्पतालमा सम्झौता गरिने छ ।” चापागाईंले भन्नु भयो ।