भैरहवा । नेपाल चीन मैत्री समाज लुम्बिनीका सदस्य एवं रुपन्देहीमा निजी क्षेत्रको पुरानो विद्यालय लुम्बिनी शिशु सदन स्कुलका सँचालक यमबहादुर रसाइलीको निधनप्रति नेपाल चीन मैत्री समाज लुम्बिनीले दुख व्यक्त गरेको छ । समाजका अध्यक्ष नारायणप्रसाद सापकोटाले एक शोक विज्ञप्ति जारी गर्दै भैरहवाका शिक्षाप्रेमी र निर्भिक सामाजिक व्यक्तित्व रसाइलीको असामयिक निधनले नेपाल चीन मैत्री समाज लुम्बिनी र भैरहवावासीलाई स्तब्ध तथा मर्माहत तुलाएको उल्लेख गरेका छन् । रसाइलीको निधनको दुःखद् घडीमा मृत आत्माप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा अध्यक्ष सापकोटाले हार्दिक समवेदना व्यक्त गरेका छन् ।