दिनमणी पंगेनी- उग्रराष्ट्रवाद, आर्थिक असमानता, जन चाहनाको विरोध (दमन) भ्रष्ट्राचार, अपराधिकरण राजनिति, सरकारी नियामक निकायमा धनि र शक्तिशालीको कब्जा र राजनैतिक प्रतिस्पर्धामा अधिनायकवादीको चपेटामा लोकतन्त्र रोगी हुने सम्भावना रहिरहन्छ । फलस्वरुप जनताद्वारा जनताको लागी निर्णय गर्नुको सट्टा, धनि र शक्तिशालीहरु द्वारा पहुच र निर्णयहरु खरिद हुन सक्छन् । राजनैतिक वहस विक्रित बनाइन सक्छ । व्यक्तिगत मुनाफाको लागी नेता भक्त र तिनिहरु बाटै सरकारी निकायहरु घेरिन्छन, जनताको बढ्दो असन्तुष्टि अपहरण गरेर फगत लोकतन्त्रको अधिकारको गित बढ्दो रुपमा जोड जोड सुनाउने काम मात्र हुन्छ । भ्रष्ट्राचारले चरम चुली चुमेको हुन्छ । न्याय बिकेको हुन्छ । अनि लोकतन्त्र आफैमा निम्छरो देखीन्छ ।
राजनितिमा कहिले काँहि उग्रराष्ट्रवादको उठानले बहुमत जनताबाट नै बहुमत प्राप्त हुन सक्छ । जस्तो कि पहाडिया राष्ट्रवाद, मदेशी राष्ट्रवाद, हिन्दु राष्ट्रवाद, केही पहिचानवाद आदि जस्ता राष्ट्रवादको उठान ले बहुमत बाट नै बहुमत प्राप्त गरेर अल्पमतलाई दमन गरि बहुसङ्ख्यकको अत्याचार हुन सक्छ । उग्रराष्ट्रवादको उछालले बहुमत बाट बहुमत प्राप्त गरी एक अधिनायकवादी, तानाशाही, दक्षिणपन्थी चिन्तनको ब्यक्ति लोकतान्त्रीक सत्तामा सजिलै पुग्न सक्ने सम्भावना देखिन्छ । किनकी हामी आफैलाई उग्रराष्ट्रवादको प्रवचन मनमोहक लाग्छ । जातीवाद, धर्म, पहिचान जस्ता चिजको भाषणले मन मोहित पार्छ । यसैले त एक अधिनायकवादीले समाज भित्रको समाजिक, आर्थिक, साँस्कृतिक, भौगोलिक, जाति, धर्म आदिमा विभक्त गरी तिनिहरुलाई समय परिस्थीति सुहाउदो समुहमा बाडेर एक अर्का विरुद्ध खडा गर्दछन् । बहुमत जनाधार तर्फ लागेर बहुमत मतदाताबाट वाह–वाह लिने चेष्टा गर्छ र अल्पमतको दमन गर्छ । वास्तवमा यी सम्पूर्ण कार्य आफुमा सबै शक्ति केन्द्रित गर्ने मनसाय राखेर गर्दछ । लोकतन्त्रबाट विजय प्राप्त गरी सत्तामा पुगेको यस्तो अधिनायकवादी चिन्तन बोकेको नेताले सबैले मेरो भजन गाउन भन्ने आकांक्षा राख्छ । उक्त आकांक्षाले गर्दा अक्सर मिडिया, न्यायपालिका, निर्वाचन आयोग, कार्यपालीका जस्ता स्वतन्त्र संस्थालाई विस्तारै निसाना बनाउछ । वाक स्वतन्त्रतामा नजानिदो अवरोध खडा गर्दछ । आफु र आफ्नो मुद्धा प्रतिको असहमती रोक्नको लागी सूचनाको पहुचमा प्रतिबन्ध लगाउछ । शान्तिपूर्ण विरोधलाई सिमीत पार्ने र खिसि टिउरी गर्ने कोसिस गर्दछ । सार्वजनिक वहसलाई रोक्ने कोसिश गर्दछ । यसरी एक अधिनायकवादी तानाशाही चिन्तनको व्यक्ति सत्तामा पुगेपछि सर्वे सर्वा भएको महसुस गर्दै उक्त समय अवधि जे पनि गर्न छुट भए जस्तो गरेर बढ्दो शक्तिलाई केन्द्रित गर्दै जनताको असहमति माथि नियन्त्रण र दमन बढाउदै लैजान्छ अनि शक्ति संघर्ष नै शुरु हुन्छ । तानाशाह अन्तिम सम्म पनि आफ्नो हार स्विकार गर्दैन र गर्न पनि सक्दैन । बरु संसदकै भिडलाई उकासेर संसदलाई नै आक्रमण गर्दछ । सडकमा उग्र राष्ट्रवादको तर्कले भिड खडा गर्दछ । हरेक प्रश्नको जवाफ घृणा र बिपरित प्रतिकृयाले दिने गर्दछ । लास्टै परे संसद बिघटन गर्न पनि पछी पर्दैन । यस्तै संबैधानिक निकाय , न्यायिक र अर्ध न्यायिक निकायको पनि हैसियत सुरक्षित रहन सक्दैन । अनुसन्धानका निकाय आफ्ना विपक्षका ब्यक्ती प्रती पुर्वाग्रह पुर्ण ढङ्गले प्रयोग गर्दछ । अपराधिक समुहको लिडरलाई खुलेयाम सुरक्षित पार्दछ र कानुन बाट जोगाउदछ । जसबाट एक तानाशाही ब्यक्ती बलवान मात्र बन्ने चेष्टा गर्दैन, लोकतन्त्रलाई सन्काह पाराले ध्वस्त पार्दै जान्छ । अनि त लोकतन्त्र निम्छरो देखिन्छ ।
मेडिया- अर्को तर्फ २१ औं शताब्दिमा संचारको प्रसस्त विकाश भएको छ । लोकतन्त्रबाट प्राप्त अधिकारको दुरुपयोग गर्दै यती धेरै गलत सुचनाहरु र भ्रमहरु समाजिक संजालमा फैलाईन्छ कि जुन समाजले सत्य जस्तै बुझ्ने सम्भावना रहन्छ । समाजिक संजाल तथा मेडियाले कसैलाई देवत्वकरण, कसैलाई दानवियकरण गरी रहेको हुन्छ । जो २० आंै वर्ष देखी सही थियो आज एका(एक प्रायोजित तवरले दानव बनाइन्छ । अनी उक्त आरोप वर्षौ सम्म खेप्नु पर्ने हुन्छ । यथार्थमा राज्य सत्तामा कुनै देवता या कोही दानव जाने होईन । हाम्रै समाजको प्रतिबिम्व (प्रतिरुप) जाने हो । यसरी प्रायोजित भाव(आवेशमा चलाईएको हल्लाले सही ब्यतिmलाई चोट र गलत ब्यतmी सत्तामा जान सक्दछन ।
आर्थिक असमानाता ( समाजमा जब आर्थिक असमानता अत्याधिक हुन्छ । आर्थिक रुपमा निकै कमजोर समुहको असन्तुष्टी विद्रोहको रुपमा निस्कन सक्छ । हजारौ लाखौको समुहमा विद्रोह निस्कने हुनाले यसले ठुलो दुर्घट्ना निम्त्याउन सक्छ । दुर्घट्ना मात्र होईन प्रजातन्त्र प्रतिको सम्मान र प्रजातान्त्रीक वातावरण नै विगार्न सक्दछ । आर्थिक समाजिक या विविध रुपमा अलगाव महसुस गर्ने मान्छेहरुबाट विरोध भोट बनाउन सक्ने हुन्छ । भोटिङ, तर्कको सट्टा भावनाबाट बढी प्रेरित देखिन्छ । यो अज्ञानताको कारण होईन शिक्षित ब्यतिहरु पनि यसमा विचलित भएका देखिन्छन ।
भ्रस्टाचार निजी लाभको लागी पदको दुरुपयोग हो । भ्रस्टाचारले लोकतन्त्रलाई कमजोर बनाउछ । राज्यका अंगहरु प्रती जनताको विश्वाश नष्ट पार्दछ । जनताको हितका केहि निर्णय गर्न वाधा पुर्याउछ । जवाफ देहिता हराउदै जान्छ । मानव अधिकार हनन् हुन सक्छ । न्याय निर्धो र कमजोर हुन्छ । भ्रस्टाचारले कुलिन वर्गको हातमा सरकारी निर्णयको कब्जा हुन पुग्छ । भ्रस्टाचारले कानुनी राज्यको उपहास गर्छ । कुलिन वर्गबाट कब्जा भएको राज्यमा कार्य जाच र संतुलन प्रणालिको विनाश हुन्छ । निर्वाचन पनि जनताको वास्तविक भावनाको प्रतिनिधित्व गर्न सक्दैन । धाधली र त्रुटी पुर्ण निर्वाचन हुन सक्ने सम्भावना रहन्छ । विकाशमा अवरोध हुन्छ । फल स्वरुप यो ब्यवस्था प्रति नै जन विश्वास गुम्दछ । नया अधिनायकवादिलाइ सत्तामा पुग्ने बाटो फेरि प्रज्वलित हुन्छ ।
निष्कर्ष, कुनै पनि अधिनायकवादी, तानाशाही ब्यक्ति अजङ्ग को, भयंकर, या भनौ दानविय स्वरुपको हुने होईन । सुरुमा मायालु नै देखिन्छ, बुद्धिमान नै देखिन्छ । तर विस्तारै उग्रराष्ट्रवाद, भ्रस्टाचार, धाधली पुर्ण निर्वाचन, प्रायोजित मेडिया आदिको सहयोग बाट जनताको वितृष्णालाई भजाउदै सजिलै लोकतान्त्रीक सत्तामा पुग्न सक्छ । त्यस्तो तानाशाही ब्यक्ती सत्तामा पुगे पछी सुरु मा लोकतान्त्रीक दल माथी प्रहार गर्छ अनि विस्तारै लोकतन्त्रबाट प्राप्त हुने जनताको अधिकारलाई संकुचित पार्दै निरंकुसताको बाटो पक्रन थाल्छ । विश्व इतिहासमा यही देखिन्छ । यसैले लोकतन्त्रमा कस्तो ब्यक्ती शक्तिमा पुर्याइदैछ सोच्न आवश्यक हुन्छ । यस्ता ब्यक्तिको राजनैतिक जिवन र भूमिका मिहिन तरिकाले नियाल्नु पर्छ । मतदान गर्दा बिचार पुर्याउनु पर्छ । भावआवेशमा आउनु हुँदैन । नत्र भने यही लोकतान्त्रीक ब्यवस्था बाट छिरेको अधिनायकवादी र तानासाही बिचारबाट प्रसिक्षित ब्यतिबाट लोकतन्त्र सधै खतरामा रहन्छ । यसैले लोकतन्त्रलाई माया गर्ने मतदाताहरुले मस्तिष्कमा सधै यो विचार्नु पर्छ, कि मेरो कारणले लोकतन्त्र खतरामा त छैन? किनकी लोकतन्त्र हाम्रै कारणले खतरामा छ । लोकतन्त्र सधै खतरामा रहन्छ ।