नेपालको शिक्षा नितिका कारण नेपाली भाषा सबै भन्दा बढी दवाबमा परेको छ – भाषा आयोगका अध्यक्ष ठाकुर
प्रकाश न्यौपाने
जेष्ठ २३ गते
नवलपरासी । भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले नेपालको शिक्षा नितिका कारण नेपाली भाषा सबै भन्दा बढी दवाबमा रहेको बताउनु भयो । २०२८ सालको शिक्षा नितिका कारण अहिले नेपाली भाषा सबै भन्दा बढी दवाबमा रहेको ठाकुरको दाबी छ ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानद्रारा आयोजित भाषा परिचर्चा तथा मातृ भाषामा शिक्षाको महत्त्व बिषयक दुई दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै ठाकुरले नेपाली भाषा बचाउन सके नेपालि बाच्न सक्ने बताउनु भयो । नेपाली भाषा बाचे अन्य मातृ भाषा बचाउन सहज हुने ठाकुरले उल्लेख गर्नु भयो । “नया शिक्षा निति २०२८ ले देशको शिक्षामा अङ्ग्रेजीकरण गर्यो । २०४७ देखि शिक्षामा निजीकरण गरिएको परिणाम स्वरुप अङ्ग्रेजी भाषाले नेपाली भाषालाई दवाबमा बढ्यो ।” ठाकुरले भन्नू भयो ।
बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले एक सय २५ जात जाती र विभिन्न भाषा भाषीहरु बोलिने देश नेपाल भएको उल्लेख गर्दै नेपाल बहुजाती, बहुभाषा र बहुसास्कृतिक रहेको राष्ट्र भएकोले बिबिधतामा अनेकता रहेको बताउनु भयो । “बर्दघाटले भाषा, कला र सास्कृतिकको सरक्षण गर्दै स्थानीय कला, भाषा र सास्कृतिकको सरक्षण गर्ने योजनाका साथ अगाडी बढेका छौँ ।”
बर्दघाट नगर प्रवक्ता एव वडा अध्यक्ष सन्त बहादुर गाहाले मातृ भाषा लोप हुदै गएको बताउनु भयो । अग्रेजी भाषाले मातृ भाषा ओझेलमा परेको छ । “अङ्ग्रेजी भाषाले जागीर खान आर्थिक रुपमा अर्थोपार्जनमा सहज हुने हुदा मातृ भाषा लोपउन्मुख भएको छ ।” गाहाले भन्नु भयो ।
नगरका सामाजिक बिकास समिति सदस्य भिमकाजी गुरुङ्गले मातृ भाषा घर घरमा बोल्ने बाताबरणको सृजना गर्नु पर्ने आवश्यकता औल्याउनु भयो । ” हामीले मातृभाषाका हरेक कार्यक्रमहरु टोल टोलमा पुर्याइ घर घरमा मातृ भाषामा बोल्न सके भाषाको बिकास गर्न सकिन्छ ।” गुरुङले भन्नु भयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिमल कृष्ण श्रेष्ठ (बिमल निभा) ले मातृभाषा हाम्रो सम्पती रहेको बताउनु भयो । उहाले भाषा सम्पत्ति भएको ती सम्पत्ति नेपालको रहेकोले नेपालीले बहुभाषामा गर्व गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा गुरुङ भाषाको कार्यपत्र पुराण गुरुङले प्रस्तुत गर्नु भएको थियो भने कार्यपत्र माथी टिप्पणी ईश्वर गुरुङले गर्नु भएको थियो । त्यस्तै नेपाल मगर संघ लुम्बिनी प्रदेशकि सदस्य तारा रानाले मगर भाषाको कार्यपत्र प्रस्तुत गर्नु भयो । प्रेम कामुले कार्यपत्र माथी टिप्पणी गर्नु भएको छ । बुधबार मगर, गुरुङ र नेवार भाषाको कार्यपत्र प्रस्तुत गरिएको छ । त्यसैगरी नेपाल भाषाका वारेमा नेवाः दबु केन्द्रिय उपाध्यक्ष उमेश स्थापितले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने त्यसमाथी त्रैलोक्यमान बनेपालीले टिप्पणी गर्नु भएको थियो ।
बर्दघाट प्रज्ञाप्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेको अध्यक्षता, भाषा साहित्य बिभागका संयोजक हुमनाथ आचार्यको स्वागत मन्तब्य र भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ,नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुल पति बिमल कृष्ण श्रेष्ठ,नेपाल प्रज्ञा प्रतिष्ठान मात्रृभाषा तथा कोष र ब्याकरण बिभाग प्रमुख त्रैलोक्यमान बनेपाली लगाएतका साहित्यकारहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपाने परिश्रमीले बर्दघाट नगरमा ६ वटा भाषा प्रमुख रुपमा बोल्ने उल्लेख गर्दै भाषाहरुको अहिलेको अवस्था, भाषाहरुको सरक्षण र मातृभाषा शिक्षा दिन किन आवस्यक छ भन्ने बिषयमा कार्य पत्र प्रस्तुत गरिएको जानकारी दिनु भयो ।
बिहिवार नेपाली,भोजपुरी र थारु भाषाका वारेमा कार्यपत्र सहितको छलफल रहने बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव सरद पौडेलले बताउनु भएको छ ।