लोक सस्कृतिको सरक्षणमा राज्य गम्भीर हुनु पर्छ – सस्कृतीविद खत्री

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
जेष्ठ २६ गते
नवलपरासी । लोक सास्कृती हाम्रो पहिचान भएको सास्कृती विद प्राध्यापक डाक्टर प्रेमकुमार खत्रीले बताउनु भयो । बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको सहकार्य लोकवार्ता परीषद नेपालले सहकार्यमा सास्कृतिक अध्ययन बिषयक एक दिवसीय गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै उहाले लोक सस्कृतिको सरक्षणमा राज्य गम्भीर बन्नु पर्ने आवश्यकता औल्याउनु भयो ।

नेपाली कला सस्कृतीलाइ बाह्य हस्तक्षेप बढेको उल्लेख गर्दै उहाले जन्म दिनमा केक काट्ने देखी लिएर विभिन्न चरणमा हाम्रो सस्कृतिमा प्रहार भएको बताउनु भयो । “हाम्रो सस्कार मासिदै गएको छ । आयतित सस्कारले गर्दा कुनै बेला सास्कृतिक लडाइ हुने खतरा बढेको छ ।” खत्रीले भन्नुभयो ।
स्थानीय, प्रदेश र सघिय सरकारले जनतामा गएर सस्कार र सस्कृतीको सरक्षण गर्ने र सस्कृतिमो बिभेदको अन्त्य गर्ने लाग्नु पर्ने खत्रीको भनाइ छ ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका प्रमुख सरक्षण एब नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्रज्ञा प्रतिष्ठान मार्फत बर्दघाटको कला र सस्कृती सरक्षणमा लागिएको बताउनु भयो । ” बर्दघाट नगरमा सम्पुर्ण नगरबासीहरुको सहयोगमा कला र सस्कृतिको सरक्षण गर्ने सकिन्छ ।” श्रेष्ठले भन्नु भयो ।
कला र सस्कृतिको सरक्षण र सम्बर्द्धनमार्फत पर्यटन प्रवद्वन गर्ने तर्फ नगर अग्रसर रहेको श्रेष्ठको भनाइ छ ।

प्राध्यापक डाक्टर प्रेम कुमार खत्री, प्राध्यापक डाक्टर ध्रुवप्रसाद भट्टराई र दिपप्रकाश लोहनीले कार्यपत्र प्रस्तुत गर्नु भएको छ । कार्यक्रममा साहित्यका राजेन्द्र आचार्य, डाक्टर श्याम प्रसाद न्यौपानेले बोल्दै सबै भन्दा ठूलो ज्ञान दिने भनेकै समुदाय रहेको उल्लेख गर्दै लोकवार्तामा जनसुर्तीले के भन्छ त्यसैले लिएर सस्कृतीको सरक्षणमा लाग्नु पर्ने बताउनु भयो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपाने परिश्रमले बर्दघाट नगरलाई राष्ट्रिय र अन्तरास्ट्रिय रुपमा चिनाउन बर्दघाट प्रज्ञा प्रतिष्ठान लागिरहेको उल्लेख गर्नु भयो । “हामीले गरेका कार्यक्रमहरुलाई समेटेर प्रज्ञा दर्पण निकाल्ने तयारी गरेका छौं ।” न्यौपानेले भन्नु भयो ।

कार्यक्रममा नेपाली लोक भजन र रचनाकार मदन श्रेष्ठ, उत्तम ध्वज के.सी. तोयानाथ चौधरी (बिनोद) र लक्ष्मी बर्तौलाले रचना प्रस्तुत गर्नु भएको छ । “हाम्रो सस्कृती हाम्रो आफ्नै पन र पहिचान” भन्ने नाराका साथ बर्दघाट नगर अन्तरगत सास्कृतिक अध्ययन बिषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीको संचालन बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य सचीव शरद पौडेल रहेको कार्यक्रममा स्वागत हुमनाथ आर्चायले गर्नु भएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्याय, जनप्रतिनिधि, प्रज्ञा सभा सदस्य, र साहित्यकार लगायतको उपस्थिती रहेको थियो ।