सरकार संघिय निजामती ऎन छिट्टै ल्याउने तयारीमा छ – मन्त्री जोशी

प्रकाशित मिति:

प्रकाश न्यौपाने
जेष्ठ २७ गते
नवलपरासी । नेपाल सरकारका सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री भानुभक्त जोशीले संघिय निजामती ऎन असार मसान्त भित्र आउने बताउनु भयो ।

बर्दघाट नगरपलिकाको १४ औं नगर सभालाई सम्बोधन गर्दै मन्त्री जोशीले निजामती कर्मचारी ऎन समयमा नआउदा स्थानीय तहमा काम गरिरहेका कर्मचारीहरुलाई बढी पिडा भएको उल्लेख गर्दै जति सक्दो छिटो ऎन ल्याउन आफू लागी परेको बताउनु भयो । “अहिले निजामती ऎन राज्य ब्यवस्था समितीमा छ मैले मन्त्रालयबाट ऎन छिटो ल्याउन गर्नु प्रयास गरेको छु । जहासम्म यही असार मसान्तसम्म ऎन आउछ ” मन्त्री जोशीले भन्नु भयो ।

पहिले जिल्ला बिकास समितीमा काम गर्ने कर्मचारीहरु अहिले स्थानीय तहहरुमा हुनुहुन्छ त्यसैले उहाहरु सबैभन्दा बढी समस्यहरु रहेको मन्त्री जोशीले उल्लेख गर्नु भयो । “निजामती ऎन आए पछि धेरै कर्मचारीको समस्य समाधान हुन्छ त्यसैले हामीले जति सक्दो छिटो ऎनल्याउन प्रयासरत छौं ।” मन्त्री जोशीले भन्नुभयो । निजामती ऎन नआउदा अहिले मन्त्रालयमा बिहान देखी बेलुकासम्म कर्मचारीहरुको सरुवामा लाग्नु पर्ने अवस्था रहेको मन्त्री जोशीको भनाइ छ ।

लुम्बिनी प्रदेश सभा सदस्य एव कृषि, बन तथा वातावरण समितिका सभापति बिश्वप्रेम पाठकले निति तथा कार्यक्रम सबै क्षेत्रलाई समेटेर आएको बताउनु भयो । ” नेपाललाई कृषिबाट बिकास गर्न सकिन्छ । अहिले नेपालले करोडौंको बीउ र ४० अर्वको मल किन्नेको छ । जुन कृषि प्रधान देशका लागी दु:खद कुरा हो ।” पाठकले भन्नु भयो ।
स्थानीय पालिकाहरुले बीउ उत्पादनमा विशेष ध्यान दिनु पर्नेमा पाठकले जोड दिनु भयो ।

बर्दघाट नगरपालिकाको १४ औ नगर सभामा आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम सामुदायिक विद्यालयको गुणस्तर सुधार, कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि, साहित्य, कला, सस्कृती तथा पर्यटन प्रवर्द्धन, खानेपानीको पहुँच, लक्षीत बर्ग विशेष कार्यक्रम, दिगो तथा गुणस्तरीय पुर्वाधार बिकास, सरल र छरितो न्यायीक निरुपण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

नगरसभामा बोल्दै प्रमुख जिल्ला अधिकारी स्क्रिम श्रेष्ठ आगामी बर्षका लागी आएको निति तथा कार्यक्रम उत्कृष्ट रहेको बताउनु भयो ।” निति कार्यक्रम राम्रो छ । निति अनुसार बजेट र बजेटको कार्यन्वयन गर्नु हुने छ भन्ने अपेक्षा राख्दछु ।” श्रेष्ठले भन्नु भयो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका निर्वतमान नगर प्रमुख धिरज शर्मा बस्यालले नीति र बजेटको तादम्यता मिलाएर अगाडि बढाउनु पर्ने आवश्यकता औल्याउँनु भयो । उहाले बर्दघाट नगरले बनाएका ऎन अनुसार नगर अगाडी बढ्नु पर्ने उल्लेख गर्दै शिक्षा, कृषिलाई प्राथमिकता राखेर आएको निति कार्यक्रमको कार्यन्वयन राम्रो हुन सके मात्रै नतिजा राम्रो हुन सक्ने बताउनु भयो ।

नगर सभामा बर्दघाट नगरकी निवर्तमान उपप्रमुख मायादेवी पौडेल, बेलाहानी खानेपानीका अध्यक्ष बृहस्पति अधिकारी लगायतले बोल्दै नितिको कार्यन्वयनमा जोड दिनु भयो । नगर सभामा राष्ट्रिय कृकेट टिमका क्याप्टेन रोहित पौडेलसहित सामुदायिक र निजि विद्यालयहरु, नगरका कर्मचारीहरु, स्वस्थ्य सस्था लगायतलाई सम्मान गरिएको छ ।

स्वागत प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालको स्वागत, नगर उपप्रमुख रुद्र प्रकाश उपाध्ययको धन्यवाद रहेको कार्यक्रम अधिकृत छौठौ कृष्ण थापा क्षेत्रीको सञ्चालन भएको थियो ।