लुम्बिनी प्रदेशमा शुद्ध खानेपानी खुवाउन चुनौती, आठ प्रतिशतले मात्रै पाएका छन शुद्ध खानेपानि
प्रकाश न्यौपाने
जेष्ठ २९ गते
नवलपरासी । लुम्बिनी प्रदेशका प्रदेश सदस्य एब कृषि, वन तथा वातावरण समितीका सभापति बिश्वप्रेम पाठकले लुम्बिनी प्रदेशमा एक घर एक धारा अभियान संचालन गर्दै करिब ८० घरमा धाराहरु जोडिएको बताउनु भयो ।
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाद्रारा आयोजित राष्ट्रिय सरसफाइ सप्ताह २०८१ को अवसरमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पाठकले शुद्ध पानी खुवाउन लुम्बिनी प्रदेशले आगामी बर्षका लागी जनमुखी कार्यक्रम ल्याएको बताउनु भयो । ” लुम्बिनी प्रदेशमा ८० प्रतिशतमा धारा जोडिएको छ तर ७ दशमलव ६ प्रतिशत घरमा शुद्ध पानी पुगेको छ । २०३० सम्म दिगो बिकासको लक्ष्यमा पुग्न सबै घर लाई शुद्ध पानी खुवाउन नसके दिगो बिकासको लक्ष्य पूरा हुदैन ।” पठाकले भन्नुभयो । पहिले धारा जोडान र दोस्रो शुद्ध पानी खुवाउने बिषय नेपालका लागि चुनौती पुर्ण रहेको पाठकको भनाइ छ ।
दिगो बिकासका लक्ष्य अनुसार लुम्बिनी प्रदेशले शुद्ध खानेपानी खुवाउनका लागी सेफ वाटर कम्युनिटी कार्यक्रम लुम्बिनी प्रदेश सरकारले सञ्चालनमा आउने बताउनु भयो । “अहिले शुद्ध पानी र बन वातावरणको सरक्षणका लागी हरित उत्थान अन्तरर्गत खहरे खोलालाई तटबन्ध लगाउने, सिमसार बनाउने, बन्यजन्तुको बासस्थान बनाउने प्लाष्टिक जन्य सामाग्रीको प्रयोग कम गर्ने योजना लुम्बिनी प्रदेशले ल्याएको छ ।” पाठकले भन्नुभयो ।
शुद्ध पानी र हरियाली प्रवर्द्धनका लागी चुरे र बन जङ्गलको सरक्षण र सम्वद्धन गर्नु पर्ने आवश्यकता औल्याउनु भयो । चुरे क्षेत्र मासिदै गएकोले तापक्रम दिन प्रतिदिन बढेको उल्लेख गर्दै उहाले जलबायु समेत नकारात्मक प्रभाव पर्ने बताउनु भयो । वातावरण प्रदुषणबाट भाबी पुस्तालाई जोगाउन आजै देखी हरियाली प्रवद्धनमा लाग्नु पर्ने पाठकको भनाइ छ ।
कार्यक्रममा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले अहिले बृक्षारोपण भन्दा पनि बनको सरक्षण गर्ने बिषय चुनौती पुर्ण रहेको बताउनु भयो । ” बिरुवा लगाउने धेरै भेटिए तर सरक्षण गर्ने गरेको तेती भेटेका छौनौ । सरक्षण गर्ने सुनिश्चितता भएमा संघ सस्थामा फलफुलका बिरुवा निशुल्क बितरण गरेका छौ ।” उपाध्यायले भन्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै बर्दघाट ०४ का वडा अध्यक्ष बेदबिना तिवारीले बिकासमा एक मत भएर अगाडि बढ्नु पर्ने धारणा राख्नु भयो । बिश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण, सरसफाइ र अन्तरक्रिया कार्यक्रममा बोल्दै सरावल बर्दघाट डिभिजन बन कार्यालयका प्रमुख रबिन्द्र चौधरीले मानिसले बिकास निर्माणका काम गर्दै जीवजन्तु र बनस्पतिलाई बिर्सेका बताउनु भयो । ” बन जङ्गल अतिक्रम बढेको छ । बन जङ्गल र बनस्पतिलाई सरक्षण नगर्दा तापक्रम बढीरहेको छ ।त्यसले गर्दा हरियाली प्रवद्धन बनाउन समस्या छ । त्यसको न्यूनीकरणका लागी हरियाली प्रवद्धन गर्नु पर्दछ ।” चौधरीले भन्नुभयो
सस्थाका सल्लाहकार रबिन्द्र बिक्रम हमालले फ़ोहोरको स्थानान्तरण गरिएको बताउनुभयो । ” अहिले एक ठाउको फोहोर अर्को ठाउँमा ल्यौजाने र राख्न गरिएको छ । यसैलाई फोहोर व्यवस्थापन भनिन्छ यो त ब्यवस्थापन होइन स्थानान्तरण हो ।” हमालले भन्नुभयो । कार्यक्रम पुर्व अध्यक्ष, विभिन्न खानेपानीका प्रतिनिधि, बर्दघाट बजार बिकास समितिलगायतले हरियाली प्रवद्धनमा प्लास्टिक जन्य सामाग्रीहरुले चुनौती थपेको बताउनु भयो ।
सस्थाको परिषरमा बृक्षारोपण र सरसफाइ कर्मीलाई सम्मान समेत गरिएको छ । बजार बिकास समितिका सरसफाइकर्मी नाथ बा सफोर, दुखन चमार, तुल बहादुर थापा, गोपाल थारू, टिसियन चोकको सार्वजनिक शौचालय सरसफाइ कर्मी हर्क बहादुर कामी, शसस्त्र प्रहरी बल सिमा सुरक्षा तालिम शिक्षालय, बजार बिकास समिति, सिद्धार्थ बैंक, मुक्तिनाथ बिकास बैक र गरिमा बिकास बैंकले बृक्षारोपण गरी हरियाली प्रवर्द्धनमा सहयोग गरे बापत सम्मान गरिएको बर्दघाट खानेपानीका अध्यक्ष दिपक लम्सालले बताउनु भयो ।
बर्दघाट खानेपानीका अध्यक्ष दिपक लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमल थापाको स्वागत, सचीव शोभाकन्त कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।