पन्चनगरमा १ सय २९ जनाको नसर्ने रोगको स्कृनिङ्ग

प्रकाशित मिति:

प्रकाश न्यौपाने
जेष्ठ ३१ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट ०९ पन्चनगरमा १ सय २९ जनाको नसर्ने रोगको स्कृनिङ्ग तथा परिक्षण गरिएको छ । बर्दघाट नगरपालिका वार्ड न ९ को सहयोगमा तथा पन्चनगर स्वास्थ्य चौकिको आयोजनामा स्वास्थ्य परिक्षण गरिएको हो ।

परिक्षणका क्रममा उच्च रक्तचाप ९ जना, १४ जना मधुमेह, १० जना पिसाबमा समस्या र बिएमआइ परिक्षण गर्दा धेरै जनामा मोटोपनाको समस्या देखिएको पन्चनगर स्वास्थ चौकीका प्रमुख बाबुराम तिमिल्सिनाले जानकारी दिनु भयो ।

जेष्ठ ३० र ३१ गते गरि दुई दिनसम्म सञ्चालन भएको शिबिरमा चिसापानी अस्पतालमा कार्यरत डाक्टर राजन गैरे र ल्याब टेक्निसियन निरीक्षक बिष्णु चौधरी, पन्चनगर स्वास्थ्य चौकीका कर्मचारी सम्पुर्णले परिक्षणमा सहयोग स्वस्थ्य परिक्षण गरिएको थियो ।बर्दघाट नगरपालिका वडा नम्बर ९ का सहित ८, १० र ११ वडा बासीहरुले पनि सेवा लिनु भएको थियो । स्वास्थ्य परिक्षण शिबिर वडा नम्बर ०९ का वडा अध्यक्ष एब पन्चनगर स्वास्थ्य चौकी सन्चालन तथा ब्यवस्थापन समिती अध्यक्ष चन्द्रकान्त चापागाईंको अध्यक्षता र नगरप्रमुख शम्भु लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । शिबिरमा नगर उप प्रमुख रुद्र प्रकाश उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।