प्रकाश न्यौपाने
असार ४ गते
नवलपरासी । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री खड्ग बस्नेतले बिकास निर्माणमा एकीकृत र साझा धारणा हुनु पर्ने बताउनु भएको छ । जनताको आवस्यकताका आधारमा निति कार्यक्रम र बजेट आउनु पर्ने र साझा धारणाका साथ कार्यन्वयन हुन पर्नेमा मन्त्री बस्नेतले जोड दिनु भयो ।
सुस्ता गाउपालिकाको १५ औं गाउँ सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले बजेट निर्माण नभई बढ्ने प्रबृतिले बिकासमा समस्या आएको बताउनु भयो । ” बजेट कार्यन्वयनमा हुने बिकास निर्माणमा एकीकृत र आवश्यकताका रूपमा साझा धारणा बनाउनु पर्छ ।” मन्त्री बस्नेतले भन्नुभयो । बजेटलाई खर्च गर्दा आवश्यकता उपयुक्त ठाउँमा भएमा मात्रै जनताले बिकासको अनुभुती गर्ने सक्ने मन्त्री बस्नेतको भनाइ छ ।
सुस्ता गाउपालिकाको १५ औ गाउ सभामा आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै गुणस्तरीय स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ जस्ता आधारभुत सेवामा सबैको समतामूलक पहुँच, कृषिको उत्पादन र उत्पादकत्व अभिबृद्दी, बजारको सर्वसुलभ पहुँच, पुर्वाधार निर्माण, रोजगारी तथा स्वरोजगारीका अवसरको सृर्जना, मानव पूंजीको निर्माण, पर्यटकिय क्षेत्रको बिकासलगायतलाई विशेष प्राथमिकता दिइने अध्यक्ष टेक नारायण उपाध्यायले जानकारी दिनु भयो ।
गाउँपालिकाले “थोरै विद्यालय राम्रा विद्यालय”, “विद्यालयमै बढाऔ, विद्यालयमै पढाऔ”, ” “प्रतिभाको खोजी”, “पुराना शिक्षक सम्मान गरौ, नया जनशक्तिलाई आमन्त्रण गरौं”जस्ता कार्यक्रम लिदै विद्यालय सुधार गर्न निति लिएको छ । त्यस्तै खेलकुद तर्फ “खेलसंगै जीवन हिडाउनु छ, पालिकालाइ देशमा चिनाउछु”, कार्यक्रम लिदै पालिकामा रङ्गशाला निर्माण नीति लिएको छ ।
गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले प्रस्तुत गरेको आर्थिक बर्ष ०८१/०८२ को निति तथा कार्यक्रममा सुस्तालाई चिनौ र चिनाउ अन्तर्गत कक्षा १ देखी ८ सम्म स्थानीय पाठ्यक्रमलाई सम्पुर्ण बिद्यालयमा कार्यान्वयन गर्ने, निशुल्क सन्दर्भ सामग्री सहित एल के जि कक्षा पढाईको सुरुवात गर्ने,एक बिद्यालय,एक योग शिक्षा कार्यक्रम लागू गर्ने,पुराना शिक्षकलाई सम्मान गर्ने नयाँ जनशक्तिलाई आमन्त्रण गर्ने मुल नारा सहित प्रोत्साहन अवकाश कार्यक्रम लागू गर्ने,खेलकुद तर्फ खेलकुद संगै जीवन हिडाउछु ,पालिकालाई देशभर चिनाउछु भन्ने नारा सहित पालिकामा सम्भाव्य खेलाडी प्रोत्साहन,खेलाडी विकास खेलाडी सम्मान कार्यक्रम लागू हुने,युवा रोजगार कार्यक्रम, लैङ्िगक समानता तथा सामाजिक समावेशीकरणको सुनिश्चितता,छोरी सुनौलो भविष्य कार्यक्रम,उपाध्यक्ष संग सुत्केरी भेटघाट कार्यक्रम, जनतासंग जनप्रतिनिधि कार्यक्रम,एक घर एक धारा,हाम्रो गाउँ,सफा गाउँ,दुधमा आत्मनिर्भर, निर्यातमा प्रवर्द्धन, बिकास तर्फ सुस्ता नमुना ताल,अध्यक्ष नमुना सडक,मदरबाबा व्यवस्थापन जस्ता कार्यक्रम लागू गर्ने,भ्रष्टाचारमा शून्य सहनशीलता,सेवाको वरिपरि जनता नभइ जनताको वरिपरि सेवा र घर घरमा स्थानीय सरकार लगायतका बिषयलाई प्राथमिकता राखी निति तथा कार्यक्रम लागू गर्ने पालिकाले जनाएको छ ।
त्यसैगरी जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती प्रसाद यादवले सुस्ता गाउँपालिकालाई पर्यटन क्षेत्रमा बिशेश जोड दिएर अगाडि बढाउन पर्ने बताउनु भयो ।