विद्यार्थीलाई कविता लेख्न सिकाउदै बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति न्यौपाने

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असार ७ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको बर्दघाट प्रज्ञा प्रतिष्ठानले विद्यार्थीलाई कविता लेख्न सिकाइरहेको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानले विद्यार्थीहरुलाई कविता लेख्न सिकाएको हो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपाने परिश्रमीले विद्यार्थीलाई कविता लेखनको तरिका, कविताका प्रकार, कविताका तत्वहरु र कविताका कच्चा पदार्थका बिषयमा प्रशिक्षित गर्नु भएको थियो । विद्यार्थीहरुलाई सहजीकरण गर्दै डाक्टर न्यौपानेले कवितामा कला भनेको शरिर र भाव भनेको आत्मा भएको उल्लेख गर्दै कुनै पनि लेखेको कुरा कविता बन्नका लागि शब्द शब्दको चमत्कार पुर्ण कला हुनु पर्ने बताउनु भयो । ” कविता शब्दको कला हो । यसमा कबिले भन्न खोजेको कुरालाई कुन शब्दको चमत्कारबाट भन्नुहुन्छ भन्ने महत्त्वपूर्ण बिषय हुन्छ ।” न्यौपानेले भन्नुभयो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानले साहित्यिक, साङ्गीतिक तथा सास्कृतिक नबौ घुम्ती शिबिरका क्रममा बर्दघाट ०९ मा रहेको राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालय विद्यार्थीलाई प्रशिक्षित गर्ने उद्देश्यले कविता लेखन कार्यक्रम राखिएको प्रज्ञाका भाषा, कला तथा साहित्य बिभाग सयोजक हुमनाथ आचार्यले बताउनु भयो । ” हामीले प्रज्ञा मार्फत विद्यार्थीका प्रतिभा पहिचान र उनिहरुको क्षमता अभिबृतीमा काम गरेका छौं ।” आचार्यले भन्नुभयो ।

बर्दघाट ०९ मा रहेको राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालय र बर्दघाट १० मा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक गरि करिब ६० जना विद्यार्थीहरुको सहभागी रहेको थियो ।