शैक्षिक गुणस्तरका लागी बर्दघाटमा पहिलो पटक सामुदायिक अंक तालिका बिधिमार्फत मुल्यांकन 

प्रकाशित मिति:

प्रकाश न्यौपाने

असार १० गते

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा शैक्षिक गुणस्तरका लागी पहिलो पटक सामुदायिक अंक तालिका बिधीमार्फत मुल्यांकन गरिएको छ । बर्दघाट ०२ मा आम्बासमा रहेको आम्बास प्राथमिक विद्यालयमा अभिभावक र शिक्षहरु मिलेर मुल्यांकन पत्र तयार परेका हुन ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागी सामुदायिक अङक तालिमा आम्बास प्राथमिक विद्यालयका सरोकारवालाहरुको सयुक्त मुल्यांकन गर्दै योजना तर्जुमा गरिएको विद्यालयका अभिभावक भक्तवीर दर्लामीले बताउनु भयो । समुदायले तयार पारेको शैक्षिक गुणस्तर अभिवृद्धिका लागी सामुदायिक अङक तालिका प्रस्तुत गरिएको छ । शैक्षिक गुणस्तरका लागी समुदायमा गरिएको छलफलले २१ वटा सुचकहरु बनाएर विद्यालयको हालको भौतिक, शैक्षिक एब खेलकुद, खानेपानी, विद्यालय व्यवस्थापन समिती, अभिभावक र विद्यार्थीको सम्बन्ध जस्ता बिषयहरुको मुल्यांकन गरिएको विद्यालयका प्रध्यानाध्यापक बाबुराम पौडेलले जानकारी दिनु भयो । पौडेल भन्नुहुन्छ – ” हामीले अभिभावक र शिक्षक मिलेर विद्यालयको शैक्षिक वातावरणका सवालमा मुल्यांकन गरेका थियौ । जसमा धेरै राम्रो, राम्रो र सुधार गर्नु पर्ने पक्षहरुको बिषयमा मसिनो सङ्ग छलफल गरेका छौं ।” विद्यालयको गुणस्तरका सुधारका लागी छलफलबाट सुधार गर्नुपर्ने भनेर निश्कर्ष निकालिएका बिषयलाइ  सुधार गर्न कार्ययोजना समेत बनाएका पौडेलको भनाइ छ ।

अभिभावकहरुले जिर्ण भौतिक सरचनाका कारण पढनपाठनमा समस्या भएको बर्दघाट नगरलाई बताएका छन । विद्यालयको स्थलगत अवलोकन र शिक्षक अभिभावकहरुको मागलाई सम्बोधन गर्दै बदर्घाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले भौतिक पुर्वाधार नगरले ब्यवस्थापन गर्ने बताउनु भयो । “अभिभावकले कुनै विद्यालयको भौतिक पक्षमा चिन्ता लिनु पर्दै त्यो नगरले पूरा गर्छ विद्यालय ब्यवस्थापन र पठनपाठनमा अनुगमनको भुमिका लेख्नुहुन म अनुरोध गर्दछु ।” श्रेष्ठले भन्नु भयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख लोकराज पन्थी कक्षाकोठा सिकाइ मैत्री हुनु पर्नेमा जोड दिनुभयो । ” विद्यार्थीले हेरेर पनि धेरै कुरा सिक्न सक्छ त्यसैले अब हामीले शिक्षकले कक्षाकोठामा जादा हरेक दिन फरकफरक शैक्षिक समाग्री लिएर कक्षामा जाने वातावरणओ सृजना गर्दै छौं ।” पन्थीले भन्नुभयो ।

विद्यालयमा अभिभावकको सक्रियतामा कक्षाकोठालाई  सिकाइ बनाइ मैत्री बनाउने गरि आगामी योजना तर्जुमा गरिएको छ । सामाजिक बिकास समिति सयोजक भिमकाजी गुरुङ्ग अभिभावक एकजुट भएमा शैक्षिक गुणस्तरका लागी काम गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।” अभिभावक एकमत भएर अगाडी बढे विद्यालयमा ७० प्रतिशत काम हुन्छ ।” गुरुङ्गले भन्नु भयो । बर्दघाटको स्थानीय सरकार ३ बर्ष भरीमा ५ कक्षा सम्म अनिवार्य रुपमा अग्रेजी मध्याममा पढाई गरीने गरि नगरको शिक्षाका अगाडी बढेको गुरुङ्गको दाबी छ ।

बर्दघाट नगरपालिकाको शैक्षिक बिकासमा अभिभावक जागरुक हुनु पर्ने वडा नम्बर २ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताउनु भयो। जन चासो बढेमा जनप्रतिनिधि र सरोकारवालाको समेत चासो बढ्ने क्षेत्रीको दाबी छ ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दलबिर सुर्यबशी, शिक्षक अभिभावक संघका अध्यक्ष सुदाम सिह घर्ती, अभिभावक, शिक्षक शिक्षिका, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो । समृद्ध समुदाय बिकास केन्द्र रुपन्देही र स्कुल लाइफ इन नेपाल डेनमार्कको सहयोग र बर्दघाट नगरपालिका र बर्दघाट जेसिज समन्वयमा कार्यक्रम सम्पन्न भएको छ ।