बर्दघाट ८ का जनप्रतिनिधिद्रारा बैठक भत्ता विद्यालयलाई हस्तान्तरण

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असार १२ गते
नवलपरासी । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर ०८ का जनप्रतिनिधिहरुले आफुले पाएको बैठक भत्ता विद्यालयलाई दिएर सहयोग गरेका छन । बर्दघाट ०८ का वडा समितीको बैशाख, जेष्ठ र असारको नियमित बैठकको भत्ता भानु प्राथमिक विद्यालयलाई दिएका हुन ।

विद्यालय सञ्चालनमा केहि सहयोग पुगोस् भनेर विद्यालयलाई सहयोग गरेको वडा अध्यक्ष कबिराज आचार्यले उल्लेख गर्नु भयो । वडा अध्यक्ष कबिराज आचार्य र वडा सदस्यहरु जानकी न्यौपाने, टिकामाया परियार, मन बहादुर थापा, दिलिप कुमार चौधरी र वडा सचिब प्रतिमा मल्लले अन्तिम त्रैमासिकको भत्ता विद्यालयलाई दिएका हुन । तीन महिनाको भत्ता ५४ हजारमा १५ प्रतिशतले कर कट्टी गरि बाकी रहेको रकम ४५ हजार ९ सय विद्यालयका प्राध्यानाध्यापक मानसिह परियारलाई हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मीन प्रसाद ढकालले जानकारी दिनु भयो ।

विद्यालयमा निजि स्रोतबाट कार्यालय सहयोगी, अटो चालक र सहयोगी शिक्षकहरु राखिएको अध्यक्ष ढकालले बताउनु भयो । ” विद्यालयको कुनै आम्दानीको स्रोत छैन हामीले निजि स्रोतबाट राखेका साथिहरुलाई कसरी तलब सेवा सुबिधाको व्यवस्थापन गर्ने होला भनेर चिन्तित थियौ । अहिले वडासमितिले आफुले पाएको भत्ता सहयोग गर्नु भएको छ केहि भएपनि व्यवस्थापनमा सहज हुने भयो ।” अध्यक्ष ढकालले भन्नुभयो ।