बर्दघाटका दुई वडा पोषण मैत्री घोषणा

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असार १७ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका यस बर्षमा दुई वटा वडा पोषण मैत्री स्वास्थ्य सस्था घोषणा भएका छ । बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले वाड नम्बर ८ र ६ लाई पोषण मैत्री वडा घोषणा गर्नु भएको छ ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर अगाडि बढेको बताउनु भयो । ” वाड पोषण मैत्री घोषणा गर्न र घोषणा गरेपछी यसको निरन्तरता र दिगोपन राख्न चुनौती रहेको छ । ” श्रेष्ठले भन्नुभयो । आम वडाबासी जिम्मेवार भएर दिगोपनका लागी लाग्नु पर्ने श्रेष्ठको भनाइ छ ।

नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले स्वास्थ्य क्षेत्रमा बर्दघाट नगरपालिका लुम्बिनी प्रदेश र राष्ट्रमै उल्लेखनिय काम भएको बताउनु भयो । नगरका स्वास्थ्य शाखा र अस्पताल नै लुम्बिनी प्रदेशमा अब्बल रहेको छन । आगामी दिनमा निरन्तरताका लागी चुनौती रहेकोको उल्लेख गर्दै पोषण मैत्री स्वास्थ्य सस्था घोषणा हुनु मानबिय बिकासको सुचाङ्क राम्रो देखिने बताउनु भयो ।

प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले पोषण मैत्री वडा भित्र जन्मेका र जन्मिने वालवालिकाहरुको भबिस्य राम्रो हुने सुनिश्चितता भएको बताउनु भयो । ” बालबालिका, आमाहरु र परिवार नै स्वास्थ्य हुने सुनिश्चितता हुन्छ ।” खनालले भन्नुभयो । नगरपालिकाहरु मध्येमा नेपालकै पहिलो पुर्ण सस्थागत सुत्केरी नगर घोषणा भएको बर्दघाट नगरपालिका अब पोषण मैत्री नगर हुने योजनामा रहेको छ । बर्दघाटमा १८ महिनाको अथक प्रयासबाट पोषण मैत्री वडा घोषणा भएको बर्दघाट नगरका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञावालीले बताउनु भयो । ” नगर अब किशोर किशोरी मैत्री घोषणा प्रक्रियामा छौं । आधारभुत स्वास्थ्य सेवा वाडबाट नै दिने प्रयास गरिएको छ ।” ज्ञावालीले भन्नुभयो ।

वडा नम्बर ८ का वडा अध्यक्ष कबिराज आचार्यले पुर्ण सस्थागत पोषण मैत्री स्वास्थ्य सस्था घोषणाले वडा बासीमा एक जिम्मेवारी थपिएको बताउनु भयो । बर्दघाट ०८ अब आगामी दिन बाल मैत्री वडा घोषणाको अन्तिम तयारीमा रहेको उल्लेख गर्नु भयो । एक हजार दिनका आमाहरुलाई पोषण सम्बन्धि अभिमुखिकरण, स्तनपान मैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्दता लगायतका १८ वटा सुचाङ्कहरु पुरा गरेका छन । अन्न, गेडागुडी, पशुपक्षी जन्य खानेकुरा र फलफूल तथा तरकारीहरु गरि जस्ता खाने कुराहरूको ब्यवस्थापन गर्ने गरि समुदायलाई अभिमुखिकरण गरिएको वडा नम्बर ८ का आधारभुत स्वास्थ्य चौकीका प्रमुख ज्ञान प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।

कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख ज्ञान प्रसाद न्यौपाने, अ.न.मि. सन्ध्या शर्मा, कार्यालय सहयोगी मिना पान्डे र महिला स्वास्थ्य स्वमसेबिका टीका राना मगरलाई सम्मान गरिएको छ । हरेक बार, खाना चार भन्ने अवधारणालाइ अनुसार खाने कुराहरुका बारेमा जानकारी गराइएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ०९ प्रथम, वडा नम्बर ०५ दोस्रो र वडा नम्बर ०८ तेस्रो र वडा नम्बर ०६ चौथो गरि ४ वटा वडाहरु पोषण मैत्री घोषणा भएका छन ।