प्रतिमान–निमा स्मृति प्रतिष्ठानद्वारा फरेष्ट्री र ल्याब टेक्निसियनमा भर्ना कार्यक्रम सार्वजनिक

प्रकाशित मिति:

भैरहवा ।   भैरहवाको प्रतिमान–निमा स्मृति प्रतिष्ठानले डिप्लोमा इन फरेष्ट्री र ल्याब टेक्निसियन विषय पढ्न चाहनेका लागि भर्ना कार्यक्रम सार्वजनिक गरेको छ । संस्थाले शैक्षिक सत्र २०८१÷८२ का लागि तीन वर्षे डिप्लोमा इन फरेष्ट्री र ल्याब टेक्निसियन पढ्न चाहनेलाई एक सूचना जारी गर्दै आवेदन खुलेको जानकारी गराएको छ । संस्थाका निर्देशक धर्म केसीले दुबै विषयमा ३०/३० जनाको कोटा रहेको जानकारी गराए । ल्याब टेक्निसियन पढ्न एसईईमा न्युनतम जीपीए २ र डिप्लोमा इन फरेष्ट्रीका लागि न्युनतम जीपीए १.६ आवश्यक हुने जानकारी गराए । यी दुबै विषय पढाई पूरा भएपछि रोजगारी पाउने उच्च सम्भावना रहेको बताए ।