नवलपरासीका कारागार प्रमुख घुससहित प्रक्राउ

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असार २३ गते
नवलपरासी । पश्चिम नवलपरासी कारागारका प्रमुख बिनोद दत्त घुस लिँदै गर्दा प्रकाउ परेका छन ।डेढ लाखसहित उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयमा रहेको निवासबाट आइतबार पक्राउ गरेको हो।कारागार प्रशासक (शाखा अधिकृत) दत्तले सेवाग्राहीलाई काम गरे वापत पाउने सेवा सुविधामा सहजीकरण गरिदिने भनी घुस लिएका सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलि खटिएको थियो । अख्तियारको टोलीले निज विनोद कुमार दत्तलाई सेवाग्राहीबाट एक लाख र श्रोत नखुलेको पचास हजार रुपैयाँ बरामद भएको अख्तियारले जनाइएको छ।

कारागार प्रशासक दत्तले कारागारका एक कैदीबन्दीलाई चौकीदार बनाइदिने भन्दै रकम लिएको स्रोतले बताएको छ। कारागारको चौकीदार छनौट कारागार, प्रहरी र प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित समितिले गर्ने उल्लेख छ। बिराटनगर महानगर वडा नम्बर १० मा घर भएका दत्तमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।