कञ्चनमा माध्यमिक शिक्षा परीक्षा उत्तिर्ण २०८० समिक्षा तथा नयाँ शैक्षिक सत्रको योजना प्रस्तुतिकरण

प्रकाशित मिति:

असार, कञ्चन -जगीलाल थापा- रुपन्देहीको कञ्चन गाउापालिकाले पालिकाको माध्यमिक शिक्षा परीक्षा उत्तिर्ण २०८० को समिक्षा तथा नयाँ शैक्षिका सत्रका लागि योजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न गरेको छ। माध्यमिक परीक्षा उत्तिर्ण २०८० मा अपेक्षित नतिजा प्राप्त नभएपछि कञ्चनका सामुदायिक तथा संस्थागत बिद्यालयहरुका प्रधानाध्यापक र बिद्यालय ब्यबस्थापन समितिका प्रतिनीधिहरु बिच उक्त समक्षा तथा योजना प्रस्तुतीकरण कार्यक्रम गरिएको हो। कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा २०८० मा बिद्यार्थी सहभागी गराएका कञ्चनका १७ वटा बिद्यालयका प्रधानाध्याप र बिद्यालय ब्यस्थापन समितिका प्रतिनीधिहरुले सहभागिता जनाई बिद्यालयको माध्यमिक शिक्षा परीक्षा २०८०को नतिजा र आगामी बर्षहरुमा अपेक्षित नतिजा प्राप्त गर्न तयार पारेका रणनीतिक योजनाहरुबारे समिक्षात्मक प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक लेखनाथ पौडेल, एभरग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक सिता लोहनी, गजेडी माध्यमिक बिद्यालयका प्रधानाध्यापक रेश्मा वाग्ले शर्मा, हरैया माध्यमिक बिद्यालयका प्रधानाध्यापक मेघनाथ शर्मा, लुम्बिनी ज्ञाननिकेतन माध्यमिक बिद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद शर्मा, सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक शिवकला खनालले बिद्यालयको माध्यमिक शिक्षा परीक्षा उत्तिर्ण २०८० को नतिजाको समिक्षा तथा बार्षिक योजनाबारे प्रस्तुत गर्नु भएको थियो ।

यस्तै सनमोडल ईङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक केशवराज शर्मा, रुद्रपुर माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक ध्रुव पौडेल, जनज्योति माध्यमिक बिद्यालयका प्रधानाध्यापक तिलकराम लोध, लिटिल प्लावर्स ईङ्गलिस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक यमन भण्डारी, अक्सफोर्ड ईङ्गलिस बोर्डिङ्ग स्कुलका सहायक प्रधानाध्यापक दुर्गा श्रीसले आ आफ्नो बिद्यालयको समिक्षात्मक नतिजा तथा बार्षिक शैक्षिक योजना प्रस्तुत गर्नु भएको थियो।कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवारज ढकालले कञ्चन शैक्षिक सुधारका लागि बिद्यालय, शिक्षक, अभिभावक तथा बिद्यार्थीहरु बिचको अन्तर सम्बन्धलाई अझ ब्यबस्थित गर्न आवस्यक रहेको बताउनु भयो। कञ्चनले शिक्षामा बढी लगानी गरिहरको सन्दर्भमा हरेक तहका बार्षिक परीक्षाका नतिजा कमजोर हुनु बिडम्वनाको बिषय भएको भन्दै बिद्यालयका प्रधानाध्यापक र ब्यबस्थापन समितिको कार्यक्षेत्र अनुसार आ आफ्नो जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिनु भयो।

यसैगरी उपाध्यक्ष मौसमी थापा मगरले शिक्षा बिना समाजको चेतनास्तरमा कुनै परिवर्तन नहुने भएकोले बिद्यालयमा शिक्षण कृयाकलाप संचालन गर्दा बिद्यार्थीहरुको सिकाई उपलब्धीसंगसंगै उनिहरुमा आएको चेतनास्तरमा समेत बिकास गर्नु गराउनु आवस्य रहेको बताउनु भयो। यस्तै कार्यपालिका सदस्य तथा सामाजिक बिकास समितिका संयोजक चित्र तुलाचनले शिक्षाले समाज रुपान्तरणको दियो बाल्ने भएकोले बिद्यार्थीहरुमा शिक्षण सिकाई पश्चात मानविय तथा सामाजिक चेतनामा परिवर्तन आउनु पर्ने बताउनु भयो। शिक्षालाई पास र फेलको घेरा भन्दा ज्ञान सिप र चेतनाको स्तरमा कति बिकास भयो भनेर मापन गर्न सकियो भने नियमित हुने परीक्षाको हाउगुजीबाट बिद्यार्थीहरु टाढा रहने र नतिजा पनि अपेक्षित आउने गाउँपालिकाका प्रवक्ता समेत रहनु भएका तुलाचनले बताउनु भयो।

बिद्यालयहरुको माध्यमिक शिक्षा परीक्षा उत्तिर्ण २०८० को समिक्षालाई टिप्पणी गर्दै शिक्षा समितिका सदस्य बाुदेवद्विन पौडेलले परीक्षा भनेको प्राविधिक बिषय भएको र परीक्षामा अपेक्षित नतिजा आएन भनेर आपसमा टिका टिप्पणी गर्नु भन्दा आगामी दिनमा अपेक्षित नतिजा ल्याउन शिक्षक, ब्यबस्थापन समिति र अभिभावकहरुले संयुक्त योजना बनाउनु पर्नेमा जोड दिनु भयो।यस्तै बिद्यालय ब्यबस्थापन समितिहरुको तर्फबाट लुम्बिनी ज्ञान निकेतन माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लोकराज पौडेल गणेशले कञ्चनको शैक्षिक स्तर कस्तो हुने भन्नेबारे बिद्यालयमा बिद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरुक बिचको सहसम्बन्धले निर्माण गरिने योजना र लक्ष्यमा आधारित हुने बताउनु भयो। शिक्षकहरुले बिद्यालयमा मैले पढाउने काम मात्र हो अरु बिषयमा मेरो ध्यान दिनु हुदैन भनि अब्यबहारिक र तर्कहिन सोंचको अन्त्य गर्न सकेमात्र शिक्षकहरुले आफुले अध्यापन गरेको बिषयमा राम्रो नतिजा प्राप्त गर्ने बताउनु भयो। एकै घरका सदस्यहरुमा समेत फरक फरक क्षमता हुने भएकोले बिद्यालयले फलनाले राम्रो गरेन त्यही भएर नतिजा यस्तो अयो भनेर चिन्ता गर्नु उचित नहुने भन्दै अध्यक्ष पौडेलले आजको कमजोरीलाई बिशेष रुपमा अध्ययन र मुल्यांकन गरी आगामी दिनमा थप सफलता प्राप्त गर्न बिशेष योजना निर्माण गर्नमा ध्यान दिनु पर्ने उल्लेख गर्नु भयो।कञ्चन गाउपालिकाको सभाहलमा भएको कार्यक्रममा शिक्षा अधिकृत रमेश भूसालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने ईश्वरी ज्ञवालीले सहजिकरण गर्नु भएको थियो।