सुनको मूल्य घट्यो, चाँदीको स्थिर

प्रकाशित मिति:

काठमाडौं, असोज :  आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रूपैयाँले घटेको हो।आइतबार १ लाख ४५ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोवार भइरहेको छ।त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ८ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।