सुस्तामा राष्ट्रिय मा.बि.को नतिजा उत्कृष्ट

प्रकाशित मिति:

साउन १८ गते
नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता ०१ छिवनीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले सुस्ता गाउपालिकामा नै उत्कृष्ट नतिजा प्रस्तुत गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा सुस्ता गाउपालिकामा उत्कृष्ट नतिजा ल्याउन विद्यालय सफल भएको प्राध्यानाध्यापक अर्जुन प्रसाद पाण्डेले जानकारी दिनु भयो ।

सुस्ता गाउपालिकामा राष्ट्रिय मा.बि. छिवनी, दिपक मा.बि. र महेन्द्र मा.बि. गरि तीन वटा सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको पढाई हुन्छ । हाल दिपक मा.बि. मा ४० जना विद्यार्थी मध्ये १४ जना पास हुदा ३५ प्रतिशत, महेन्द्र मा.बि मा ६८ जना मध्ये २२ जना पास हुदा करिब ३३ प्रतिशत विद्यार्थी पास हुदा राष्ट्रिय माबीमा ४० जना विद्यार्थी मध्ये २० जना उत्तीर्ण भइ ५० प्रतिशत विद्यार्थी पास भएका छन ।

नेपाली, शिक्षा, बिजनेसमा शतप्रतिशात नतिजा आएको प्राध्यानाध्यापक अर्जुन प्रसाद पाण्डेले जानकारी दिनु भयो । सुस्ता गाउपालिकामा नै उत्कृष्ट नतिजा आएपछी अभिभावकहरु हर्षित भएको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष मनोज गैरेले बताउनु भयो । ” अहिले सार्वजनिक भएको नतिजाले उत्कृष्ट आएको छ जसले हामीलाई हौसला मिलेको छ।”गैरेलेभन्नु भयो 

विद्यालयले बिगत देखी नै गुणस्तरका उकास्न लागी परेको पुर्व प्राध्यानाध्यापक मोति प्रसाद चौधरीले बताउनु भयो । ” हामीले बिगत देखी नै गुणस्तर सुधारमा लागी परेका थियौं अहिलेको नतिजा हेर्दा हाम्रो मेहनत प्रतिफलमा परिणत भएको छ ।” चौधरीले भन्नुभयो ।