अमेरिकाको सात सहरमा नेपथ्य गुञ्जिने

प्रकाशित मिति:

काठमाडौं, साउन – नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरुलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकाको श्रृंखलावद्ध सांगीतिक यात्रा गर्ने भएको छ।यो नेपथ्यको छैठौं अमेरिका यात्रा हो। नेपथ्यले यो पटक अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्म सातवटा फरक–फरक सहरमा आफ्ना प्रस्तुती दिने छ। अगस्त ३ तारिखका दिन कोलोराडोको राजधानी डेनभर सहरमा आफुलाई उभ्याउने छ। अग्ला पर्वत, नदी र जंगलहरुले घेरिएको भूपरिवेष्ठित राज्यका रुपमा चिनिने कोलोराडोमा उल्लेख्य संख्यामा नेपालीहरुको बसोबास छ।