सांसद चौधरीद्धारा मतादाता माझ बिकास वारे छलफल

प्रकाशित मिति:

नवलपरासी । संघीय सांसद एवंम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरीले पश्चिम नवलपरासीको चौतफी विकास निमार्णको अवस्था बारे आम मतदाता बिच छलफल गर्नुभएको छ । बर्दघाट ७ बेलाहानी स्थीत उहांको निजी निवासमा आज आयोजीत सरोकारवाला बिच छलफल कार्यक्रममा जिल्लाको विगत बर्तमान र भावी विकास निमार्णको अवस्था बारे छलफल गर्नुभएको हो ।छलफलमा सहभागी हुर्दै संघीय सांसद एवंम् पश्चिम नवलपरासी निर्वाचन क्षेत्र न. १ बाट निर्वाचित सांसद चौधरीले आफ्नो कार्य अवधीमा जिल्लामा भएको विभिन्न बिकासका योजना तथा आयोजनाहरुको प्रगती अवस्था बारे मतदाता माझ जानकारी गराउनुभयो ।

सो कार्यक्रममा सांसद चौधरीले बुटवल नारायण सडक खण्ड यसैगरी हुलासी सडक खण्डको प्रगती अवस्था , बर्दघाटमा काठमाण्डौ वाहीर पहिलो ट्रमा सेन्टर स्थापना , यसैगरी गण्डक क्षेत्रमा भईरहेको काम वारे बताउनुभएको थियो ।सो अवसरमा मतदाताहरुले जिल्लाको चौतर्फी बिकास साथै आगामी योजना , र यस क्षेत्रको पुर्वाधार , सिंचाई खानेपानी , सुकुम्वासी समस्या लगायतका बिषय बस्तुमा मतदाताले सांसद चौधरीलाई ध्यानआकर्षण गराएका थिए । नेपाली काग्रेस नवलपरासी निर्वाचन क्षेत्र न. १ का संघीय सभापती मुकुल कुमार आचार्यको अध्यक्षता तथा नेपाली कांग्रेसका युवा नेता जिल्ला सदस्य प्रेम कामुले संचालन गर्नुभएको उक्त कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ , महिला संघकी केन्द्रिय सदस्य कमल पराजुली तिवारी , कांग्रेसका नेता राधेश्याम चौधरी , तरुणदलका केन्द्रिय सदस्य करिम खान , तरुण दलका जिल्ला अध्यक्ष शुक बहादुर गरुङ्ग , कांग्रेस नेता गणेश विश्वकर्मा , बर्दघाट नगरपालिका वडा न. ७ का वडा अध्यक्ष धुब्र थारु लगायतले संघीय सासंद विनोद चौधरीको पहलमा भएको जिल्लाको चौतर्फी बिकासका कार्यहरु वारे प्रशंशा गर्नुभएको थियो ।
सो अवसरमा जिल्ला खेलकुद विकास समितीका अध्यक्ष रितमान कामु मगर , र बर्दघाट नगर खेलकुद बिकास समितीका संयोजक दिपक थापाले संयुक्त रुपमा जिल्लामा खेलकुद क्षेत्रको चोतर्फी बिकास वारे ध्यानआकर्षण गराउनुभएको थियो। सो अवसरमा अन्जु चौधरी , बिमला गुरुङ्ग , लोमा वाग्ले , दुर्गा उपाध्याय , गोपीकृष्ण न्यौपाने , कृष्णराम पौडेल , राजेन्द्र चौधरी ,कृष्ण बहादुर कामु , तिल प्रसाद श्रेष्ठ , चन्द्रकला सापकोटा , योजन गुरुङ्ग लगायतले आ आफनो विचार राख्नुभएको थियो ।