अहिलेको संघियता नक्कली भएकाले सक्कली संघियता कार्यान्वयमा ल्याउन संम्बिधान सम्शोधन : महामन्त्री थापा
बुटवल – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेले निश्च्ति उद्धेश्य पुरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पुरा गर्ने बताउनु भयो । उहांले विगतमा पनि नेपाली कांग्रेस र एमाले मिलेर बनाएका सरकारले जे उद्धेश्य लिएर सरकार बनाएका थिए त्यसलाई पुरा गरेको दाबी समेत गर्नु भयो । उहाँले बतमान सरकार साढे ३ वर्ष नै चल्ने र कुनै पनि उलथपुथल नहुने दाबी गर्नु भएको छ् । नेकपा एमालेको उपद्रोलाई आफुहरुले रोक्ने र कांग्रेसले चकचक नगर्ने बताउँदै अहिले बनेको सत्ता गठबन्धन पुरा अवधीसम्म नै चल्ने दाबी उहााले गर्नु भयो्
नेकपा एमालेको उपद्रो रोक्छौँ, कांग्रेसको चकचक गर्ने बानी पनि छैन् । चकचक पनि गर्दैन् । यो गठबन्धन साढे ३ वर्षसम्म नै चल्छ,’ महामन्त्री थापाले बताउनु भयो । मंगलवार देख लुम्बिनीमा शुरु भएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देही प्रशिक्षण शाखाद्वारा आयोजित ३ दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस र एमाले मिलेर बनाएका विगतका सरकारले जे उद्धेश्य लिएर सरकार बनाएका थिए त्यसलाई पुरा गरेको दाबी गर्नु भयो ।कांग्रेस र एमालेको सरकार पहिलो पटक अहिले बनेको त होइन् । यस भन्दा अघि २०४७ सालमा, २०५६ सालमा, २०६२÷६३ सालमा २०७० सालमा दुई दल मिलेर सरकार बनेको प्रसंङ उल्लेख समेत गर्नु भयो । त्यो बेला जे गर्छौ भनेका थिए । त्यो पुरा भएका छन् । अहिले पनि भनेको कुरा पुरा हुन्छ,’ उहाँले दावि गर्नु भयोे ।
महामन्त्री थापाले संविधान गतिशिल दस्तावेज भएकाले समयको आवश्यकता अनुसार संशोधन गर्दै जानु पर्ने भन्दै संम्बिधानलाई चलायमान बनाउन आवश्यक रहेको चर्चा गर्नु भयो । महामन्त्री थापाले अहिलेको संघियता नक्कली भएको भन्दै संम्बिधान संम्शोधन गरेर सक्कली संघियता कार्यान्वयमा ल्याउने प्रष्ट पार्नु भयो ।
यस्तै महामन्त्री थापाले कांग्रेस रुपन्देहीले सुरु गरेको प्रशिक्षणको कार्यक्रम अब देशभर नै सुरु हु्ने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुको विकल्प नभएको बताउनु भयो ।नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जनप्रतिनिधीहरु जनता भन्दा ठूलो हुँ भन्ने भावना राख्न नहुने बताउनु भयो ।नेपाली कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणले प्रशिक्षण कार्यक्रमले पार्टीलाई अझै बलियो र गतिशिल बनाउने बताउनु भयो ।३ दिनसम्म चल्ने कार्यक्रममा गोविन्द्र पोखरेल, डां सुरेश आचार्य, छन्द्रकुमार पहराई र उमेश श्रेष्ठले प्रशिक्षण दिनु हुने छ । कार्यक्रमको समापनको लागि पार्टी उपसभापति पूर्णबहादुर खड्का आउने कार्यक्रम रहेको छ । उद्घघाटन सत्र कार्यक्रम प्रशिक्षण विभाग प्रमुख अनिता शाहको अध्यक्षता र नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालको स्वागत तथा सचिव हरि काफ्लेको संचालनमा कार्यक्रम भएको हो ।